यार्सागुम्बा संकलनमा हिमपातको अवरोध
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १७:१३:४
१३ जेठ, मनाङ । औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा संकलन गर्न खर्कमा पुगेकाहरू फर्किएका हुन् ।
हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा संकलन गर्न नसकेर बेँसीतर्फ फर्किएका हौँ,” ठेक्कामा काम गर्न त्यहाँ आएका उनले भने ।
नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा संकलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताउए । दैनिक नौ–दसवटा यार्सागुम्बा संकलन गर्न सकिने उनले बताए । “एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा संकलनका लागि मनाङ आएका हौँ । लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले चार जनाका लागि साढे चार लाख रुपैयाँ खर्च गरेको छ,” उनले भने, “प्रतिगोटा ४ सय रुपैयाँमा ठेकेदारले लिन्छन् । पुर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु । गत वर्ष भने घाटा भएको थियो ।”
डेढ महिनामा २ सय वटा यार्सागुम्बा संकलन गरेको उनी बताउँछन् । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बा मात्रै खरिद गर्ने बताउँदै उनले यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको बताए । रासन सकिएर पछि बेँसी आएको समयमा हिउँ यार्सागुम्बा संकलन गर्न माथि जान नसकेको उनको भनाइ छ ।
ओढारमा बसेर यार्सागुम्बा संकलन गर्ने तामाङले खाना पनि आफैँले बनाएर खाने बताए । धादिङका १९ जनालाई यार्सागुम्बा संकलन गर्नका लागि ठेकेदारले ४२ लाखको पुर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताए । हालसम्म ५२० यार्सागुम्बा संकलन गरेको उनले खुलाए ।
ठेकेदारले यार्सागुम्बा सङ्कलकलाई प्रतिगोटा ४ सय रुपैयाँ दिने गरेको एसुले बताए । यार्सागुम्बा संकलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उनीहरू बताउँछन् । तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङले बताए ।
केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा संकलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो सातासम्म यार्सागुम्बा संकलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात रोकिएपछि खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् ।
विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पुर्जी दिने निर्णय भएको थियो ।
बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङबासीलाई चटारो छ । जडीबुटी संकलन मनाङबासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा संकलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।
नाम्केखर्कबाट सुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा संकलन कार्य सकिने एक्याप इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी संकलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी संकलन गरी बेँसीतर्फ यार्सागुम्बा संकलक फर्किनेछन् ।
मनाङबासीले यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्र समितिमा संलग्न राखी यार्सा संकलन पुर्जी दिनेछ । संस्थामार्फत यार्सा संकलन गरिँदै छ भने आर्थिक वर्ष २०७७/७८ का लागि दिइएको संकलन पुर्जी उपलब्ध गराउने उनले बताए । यार्सा संकलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उनले बताए ।
यार्सागुम्बा संकलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपुर्जी दिन अनुरोध गरिएको गौतमले बताए । उनका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जानेहरूले संकलित १० वटा यार्सागुम्बामध्ये एउटा छोड्नुपर्ने प्रावधान बनाइएको छ ।
मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र वा मोबाइल त्यसको फोटो लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।
गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो । यस वर्ष जडीबुटी संकलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा संकलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म संकलन गर्न दिने निर्णय भएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार