लमजुङ जिसस चुनावमा गठबन्धन हुँदा पनि एमालेको एकल बहुमत
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १७:०:४०
१३ जेठ, लमजुङ । लमजुङमा स्थानीय तह निर्वाचन मतपरिणाम अनुसार जिल्ला समन्वय समितिमा नेकपा एमालेको एकल बहुमत देखिएको छ । आठ स्थानीय तहको परिणामअनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ ।
एमालेबाट बेसीशहर, मर्स्याङदी र क्होलासोँथारमा पालिका प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरी जिससका लागि ६ मत पक्का गरेको छ भने दोर्दीमा अध्यक्ष, सुन्दरवजार र मध्यनेपालमा उपप्रमुख पदमा जित हासिल गरी थप तीन मत रहेको छ ।
नेपाली कांग्रेसले राईनास, सुन्दरबजार, मध्यनेपाल र दुधपोखरी गरी जिल्लाका चार स्थानीय तहमा पालिका प्रमुखमा जित हासिल गरी चार मत पक्का गरेको छ भने दोर्दीमा उपाध्यक्ष पदमा जितेर थप एक मत पक्का गरेको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट राईनास र दुधपोखरीमा पालिका उपप्रमुख पदमा जित हासिल गरी जिसस निर्वाचनका लागि दुई मत बनाएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचन प्रावधान अनुसार लमजुङमा १६ मत भार रहेको छ । निर्वाचन कार्यविधि अनुसार आठ स्थानीय तहका प्रमुख र उपप्रमुख जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १६ मतमध्ये नौ मत नेकपा एमालेको रहेको छ भने कांग्रेसको पाँच मत र नेकपा माओवादीको दुई मत छ ।
कांग्रेस माओवादीबीच तालमेल भएमा पनि जिल्ला समन्वय समितिमा एमाले नै बलियो हुनेछ । जिल्ला समन्वय समितिका निर्वाचनका लागि सम्भावना बढेसँगै एमालेबाट आकांक्षि बढ्न थालेका छन् । स्थानीय तहको कुनै एक पदमा निर्वाचित व्यक्तिले मात्रै जिसस निर्वाचनमा उम्मेदार बन्न पाउने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार