मधेस प्रदेशमा सुधारिएन माओवादी, २१ बाट घटेर ९ सिटमा सीमित
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १७:२६:४३
१३ वैशाख, काठमाडौ । नेकपा माओवादी केन्द्रले गठबन्धन नगरी मधेस प्रदेशमा एकल चुनाल लडेका सात स्थानीय तहमा मात्र विजयी हासिल गर्न सफल भएको छ ।
हालै सगत निर्वाचनमा ९९ स्थानमा एकल उम्मेदवारी दिएको माओवादीले सात स्थानमा मात्र एकल उम्मेदवारी विजयी हासिल गर्न सफल भएको हो । अघिल्लो निर्वाचनमा २१ सिट जित हासिल गरेको माओवादी यो पटक ९ स्थानमा सीमित भएको छ ।
‘अघिल्लो निर्वाचनमा २१ स्थानमा जित हासिल गरे पनि यो निर्वाचनमा ९ स्थानमा मात्र विजय हासिल गर्न सक्षम भयौँ,’ केन्द्रीय सदस्य विश्वनाथ साहले न्युज कारखानाासँग भने, ‘प्रदेश कमिटी निर्माण हुनै सकेको थिएन । नोमिनेसनका दिन १२ बजे मात्र टिकट पाइयो र आन्तरिक अन्तसंघर्षका कारण माओवादी ९ सिटमा सीमित हुन पुग्दा दुःख लागेको छ ।’
गणेश साहलाई मधेस प्रदेश इन्चार्ज बनाए पनि माओवादीको मधेस प्रदेशमा अन्य सांगठानिक संरचना निमार्ण हुन सकेको छैन भने पूर्व मधेस ब्युरो प्रमुख गिरिराजमणि पोखरेल र मातृक यादव बीचको जुँगाको लडाइँले पनि माओवादी मधेसमा कमजोर हुनु पुगेको माओवादी नेताहरू बताउँछन ।
स्थानीय तहको निर्वाचनको परिणाम अन्तिम अन्तिमतिर आइपुग्दा सर्लाहीमा सबैभन्दा बढी एकल रुपमा नै उम्मेदवार विजयी हासिल गरेका छन् भने अन्यमा शून्य देखिएको छ । मधेसका आठ जिल्लामध्ये सप्तरी, महोत्तरी, बारा र पर्सामा उम्मेदवारी दिए पनि एकल उम्मेदवारीमा भने विजयी हासिल गर्न नसकेको निर्वाचन परिणामले देखाएको छ।
सर्लाहीको हरिवन, रामनगरपालिका, बागमती नगरपालिका र बलरामा मात्र एकल उम्मेदवारी दिएको माओवादीले रौतहटमा दुर्गा भगवती गाउँपालिका, धनुषाको सबैला गाउँपालिका र सिरहाको मिर्चैैयामा मात्र विजयी हासिल गर्न सफल भएको थियो भने उम्मेदवारी दिएका ९२ स्थानीय तहमा विजय हासिल गर्न नसकेको निर्वाचन परिणामले देखाएको हो ।
साथै, ३७ स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादीले दुई स्थानीय तहमा मात्र विजय हासिल गर्न सफल भएको छ । सप्तरीको खडग नगरपालिका र जितपुर उपमहनगरपालिकाबाहेक अन्यत्र माओवादीले विजय हासिल गर्न सकेको देखिएन ।
गत स्थानीय तह निर्वाचनमा २१ स्थानमा विजयी भएको माओवादीले यस निर्वाचनमा १२ स्थानमा मात्रै विजय हासिल गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार