मलेसियामा दुई दशक बिताएका युवा घुम्ती गोठमा भेडा पाल्दै
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १८:५६:१२
१३ जेठ, गलेश्वर । रोजगारीका लागि सिंगापुर र मलेसियामा दुई दशक बिताएर स्वदेश फर्किएका म्याग्दीका एक युवा आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेर धेरै आम्दानीका लागि विदेसिनेहरूका सामु उदाहरणीय बनेका छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले आफ्ना पिता पुर्खाको पुर्ख्यौली पेसालाई नै निरन्तरता दिन धवलागिरि हिमालको काखमा ६ सय भन्दा बढी भेडापालन गरेका छन् । विगत पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका उनी यतिबेला ६ सयभन्दा बढी भेडाको बथान लिएर धवलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरि हिमालको बेसक्याम्पतिर लागेका छन् । यति बेला महयालेमा रहेका छन्त्यालले भने, “यो मेरा पिता पुर्खाको थलो हो, यहाँ मेरा पूर्वजका पैतालाका डोब छन् । तिनै डोबलाई पछ्याउँदै मैले विदेशको चमकदमक र शहरको सुख सयललाई छोडेर भेडापालन रोजेको हुँ ।”
परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किभएका छन्त्यालले आफ्ना पुर्खाले जीवन बिताएको जंगल र भिरपाखा नै रमाइलो लागेकाले जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै अठोट गरे । भेडाको बथान लिएर धवलागिरि गाउँपालिका–५ र रघुगंगा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा जान लागेका उनले व्यावसायिक रुपमा भेडापालन गर्ने कृषकको संख्या घट्दै गएकामा दुःख व्यक्त गरे ।
“दुःख भए पनि आफ्ना बाबु बाजेले गरेको काम गर्न संकोच लाग्दैन,” छन्त्यालले भने, “देशविदेश घुमियो, रमाइलो पनि गरियो तर आफ्नो जन्मभूमिमा आफ्नै पुर्खाले गरेको काम गर्दा पाइने आनन्द कतै पाउन सकिएन ।” एक वर्षको अवधिमा १ सयभन्दा बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर २५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले बताए ।
उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यही पेसा रोजेको छन्त्यालले सुनाए । बिहान उठेर भेडाको गणना गर्दै सुरु भएको उनको दिन भेडा दुहुने, खाना पकाउने र भेडाबाख्रा चराउन लैजाने र लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्केर भेडाको स्याहारमै बित्छ ।
“जंगलको बास, फोन र इन्टरनेटको त परको कुरा रेडियोसमेत सुन्न सकिँदैन । वर्षा, हिमपात केही भन्न पाइँदैन । गोठालाको जीवन सजिलो त छैन तर स्वच्छ र प्राकृतिक वातावरणमा आफ्नै राजीखुसीको काम गर्न पाउँदा आनन्द लाग्छ,” उनले भने । विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेका उनको घुम्ती गोठमा अहिले ६ सयभन्दा बढी भेडाबाख्रा छन् । आफूबाहेक दुई हेरालु राखेका उनले आफ्ना पुर्खाले अँगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेसालाई अवसर र चुनौती दुवैरुपमा लिएको बताए ।
“हिजो हाम्रा पुर्खाले यहीँ पसिना बगाए, कतिको यस्तै गोठमै जीवन बित्यो तर आज यो पेसा नै संकटमा पर्दै गएको छ, यसलाई नयाँ पुस्ताले नअगाल्ने हो भने हाम्रो भेडापालन पेसा नै हराएर जान्छ,” छन्त्याल चिन्ता गर्छन् । धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेसलाई अगालेको उनी बताउँछन् । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठ बिस्तारै घट्दै गएको, युवाको आकर्षण नबढेको र पुराना गोठ पनि बिक्री गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसाय प्रवर्द्धन गर्न लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनी बताउँछन् ।
यस क्षेत्रमा अहिले करिब आठ भेडीगोठ छन् । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोलालगायत च्यामली चौर, आधार शिविर, ऋरु, चौरावन, नयाँवन, रिखार र ताँगे, भाँगे फाँट क्षेत्रमा भेडीगोठ छन् । धवलागिरिको मुदी र गुर्जामासमेत व्यावसायिक भेडापालन हुँदै आएको छ । बेंसीदेखि धवलागिरिका आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार