बीरगञ्जमा वर्षौदेखिको जीर्ण सडक मेयरको आदेशमा धमाधम मर्मत हुँदै
आबिद हुसेन
जेठ १३, २०७९ शुक्रबार १८:४२:५४
१३ जेठ, बीरगञ्ज । बीरगञ्जका नव निर्वाचित मेयर राजेशमान सिंह शपथ ग्रहण गरेको दिनबाटै एक्सनमा उत्रिएका छन् । भोट माग्दा स्थानीयसँग गरेको बाचा बमोजिम उनले बीरगञ्जको घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने काम सुरु गरेर एक्सनमा उत्रिएका हुन् ।
पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयबाटै वर्षौँदेखि जीर्ण रहेको यो सडक मर्मतको काम सुरु गराएका हुन् । मर्मत गर्ने निर्णय गरेसँगै बिहीबार रातिबाटै मर्मतको काम धमाधम भइरहेको छ ।
७ दिनभित्र काम सकिने गरी मर्मतको काम अघि बढेको महानगरले जनाएको छ । यसपछि बीरगञ्जको पावरहाउस क्षेत्रमा जीर्ण बनेको मुख्य सडक निर्माणको काम हुने छ ।
वर्षौँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन मुख्य सडक मर्मतको काम अगाडी बढाएका हुन् ।
यसअघिका मेयर विजयकुमार सरावगीले सडक आफ क्षेत्राधिकार भित्र नपर्ने भन्दै मर्मत नगरिदिँदा नगरवासीले हैरानी खेप्न परेको थियो ।
शपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले बाटो मर्मतको काम अघि बढाएर नगरवासीको विश्वास र भरोसालाई कायम राखेको स्थानीय बताउँछन् । सडक मर्मत सँगसँगै महानगरवासीले अब विद्युत महशुल छुट पाउनुका साथै सिँचाई मिटर निशुल्क प्रयोग गर्न पाउने भएका छन् ।
महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटर ९ग्राहस्थ मिटर० मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्युनतम शुल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेका छन् । यसले महानगरका विपन्न तथा कृषकहरु लाभान्वित हुने विश्वास लिइएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार