कारागारलाई पुस्तक र फर्निचर प्रदान
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १९:२९:१२
१३ जेठ, जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशका पाँचवटा जिल्ला कारागारलाई आज पुस्तक तथा फर्निचर उपलब्ध गराएको छ । प्रादेशिक गृह तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्सा कारागारका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण गरेका हुन ।
मन्त्री साहले कारागारका कैदीबन्दीको समय सदुपयोग होस् र जेल जीवनबाट फर्किएपछि पुनः नयाँ शिराबाट जीवन सुरुआत गर्न सकुन् भन्ने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको बताएका छन् । कैदीबन्दीको जीवनमा प्रभाव पार्नसक्ने जीवनोपयोगी पुस्तक तथा पुस्तकको संरक्षणका लागि चाहिने आवश्यक फर्निचरलगायत सामग्री कारागार प्रशासनलाई उपलब्ध गराएको उनको भनाइ थियो ।
पाँचवटै जिल्ला कारागारलाई २५२ प्रकारको जीवन उपयोगी पुस्तक, एक थान अफिस टेबल, २० थान प्लाष्टिक कुर्सी, तीन थान रिमल्भिङ कुर्सी तथा पाँच थान दराजका दरले सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार