ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार २१:५:६
१३ जेठ, गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल भएको स्थानीयवासीको गुनासोे छ । ट्रयाक खुलेको १४ वर्ष वितिसक्दा पनि यो सडकमा न यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कसैले चासो नै दिएको छ ।
सडक मर्मतका लागि अहिलेसम्म करिब एक करोड खर्च भइसके पनि सडकको अवस्था भने झन खराब हुँदै गइरहेको छ । बेनी–भकुण्डे सडकको ट्रयाक खुलेदेखि अहिलेसम्म ट्र्याक्टर र मोटरसाइकलबाहेक ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधन पनि पानी नपर्दा र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको ज्यामरुककोटका यामबहादुर थापाले बताए ।
“साना सवारी साधन वर्षका चार महिनामात्र मुस्किलले सञ्चालन हुन्छन्, न यो सडकबाट कुनै बस गुडेको छ, न त मालबाहक ठूलो ट्रक” उनले भने , “मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।”
उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासीको भनाइ छ ।
उक्त बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको गुनासोका सम्बन्धमा वडा नं २ का पूर्वअध्यक्ष हीराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती र वन क्षेत्र रहेकाले उक्त मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए ।
सडक स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने देखिएको र नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने सोही वडाका नवनिर्वाचित वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार