स्व .पत्रकार सेनको सम्झनामा अक्षयकोष
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार २१:४०:२६
फुङ्लिङ, १३ जेठ । कृष्ण सेन ‘इच्छुक’को आज २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल ताप्लेजुङले अक्षयकोष स्थापना गरेको छ । कोषमा रु दुई लाख जम्मा गरिएको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष सेनको स्मृति दिवसमा जिल्लामा क्रियाशील एक पत्रकारलाई पुरस्कार प्रदान गरिने सेन्टरका जिल्ला उपाध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् ।
सेन्टरका जिल्लाध्यक्ष जीवन कालीकोटेले कोष घोषणा कार्यक्रममा अर्को वर्षबाट ताप्लेजुङलाई कार्यक्षेत्र बनाई पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई सम्मान गर्ने निर्णय भएको बताएका छन् । सेन्टरका केन्द्रीय सदस्य चन्द्रबहादुर पन्दाकले सेनको सम्मानमा स्वतःस्फुर्तरुपमा अक्षयकोष स्थापना भएको बताउँदै कोषमा रकम वृद्धिका लागि सबै इच्छुक व्यक्तिले जम्मा गर्न सकिने बताएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) १ नं प्रदेश सचिवालय सदस्य तथा ताप्लेजुङ सहइञ्चार्ज मिङ्माडण्डु शेर्पाले द्वन्द्वकालको समयमा हत्या गरिएका सेनको नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा योगदान रहेको बताए । विसं २०५९ जेठ १३ गते प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला सेनको हत्या भएको थियो । विसं २०१३ कात्तिकमा भारतको देहरादुनमा जन्मिएका सेन जनादेश साप्ताहिकको सम्पादक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार