पुतलीबजारद्धारा पाँच दर्जन बढि योजना माग
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शनिबार १:१४:५७
♦ प्रकाश डोटेल
१३ जेठ, स्याङ्जा । स्याङ्जा सदरमुकामको पुतलीबजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग ५ दर्जन बढि योजनाहरु माग गरेको छ । नगरपालिकाको श्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजनाहरु प्रदेश सरकारसँग माग गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री मार्फत विषयगत मन्त्रालयसँग झण्डै ५ दर्जन योजनाहरु माग गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग कांग्रेस स्याङ्जाका सभापति तथा संविधानसभा सदस्य राजु थापा,नगर प्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देबी अर्यालको नेतृत्वमा गएको टोलीले योजनाहरु माग गरेको छ ।
“भौतिकपूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सबै भन्दा बढि योजना माग गरिएको छ ।” नगरप्रमुख रेग्मीले भने, “उर्जा जलश्रोत तथा खानेपानी, शिक्षा तथा सामाजिक विकास र युवा खेलकुद मन्त्रालयसँग उत्तिकै संख्यामा योजनाहरु माग गरिएको छ ।” नगर प्रमुख रेग्मीका अनुसार नगरपालिकाले माग गरेका योजनाहरु तत्काल सम्बोधन गर्ने प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रतिबद्धता जनाएका छन् ।
श्रोतका आधारमा नगरबाटै संचालन हुने योजनाहरु निर्माण गर्न पुतलीबजार नगरपालिकाले प्रक्रिया अगाडी बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट तयारीमा रहेको नगरपालिकाले लागतका आधारमा ठूला योजनाहरु संघीय र प्रदेश सरकारसँग माग गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयसँग ग्रामीण सडकको स्तरउन्नतीदेखि स्वास्थ्य केन्द्र भवन निर्माणको योजनाहरु समाबेश गरी माग गरिएको छ । उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयसँग स्याङ्जा बजारको खानेपानी व्यवस्थित गर्नेदेखि बडहरे, बहाकोट, पातलेखर्क, मायाटारी, छोरेखोला, गौडेबजार, धोबादी खानेपानी र आँधीखोला, बाडखोला तथा अरौदीखोला तटबन्धन गर्ने योजनाहरु माग गरिएको टोलीमा सहभागि कांग्रेस स्याङ्जाका युवा नेता मनोज मल्लले जानकारी दिए ।
युवातथा खेलकुद मन्त्रालयसँग रजस्थल, खल्लुबोट, बेलबास, पेल्काचौर, तारेभित्ता र गैयामा खेलकुद मैदान निर्माण तथा स्तरउन्नती गर्न माग गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयसँग बडहरे बतासे, रोकाहाकुल मन्दिर, मनकामना, कुनाखेत, सेनबंशको मन्दिर निर्माण गर्न माग रिएको छ, भने नेवारखोला, मदर्शा, भुजेल, तारेभित्ता, खसआर्य संग्राहलय र सामुदायिक भवन निर्माण गर्न बजेट माग गरिएको छ ।
नगरमा समाबेशि तथा समानुपातिक आधारमा तथा जनसहभागितामा विकासलाई अगाडी बढाउन लागेको नगर उपप्रमुख देबी अर्यालले बताईन् । उनका अनुसार नगरका सबै क्षेत्र, वर्ग र समुदायको समुचित विकास गर्नु नगरपालिकाको पहिलो प्राथकितामा रहेको छ । शहर केन्द्रित विकासलाई ग्रामीण भेगमा पु¥याउन आवश्यक रहेको समेत उपप्रमुख अर्यालले बताईन् ।
स्थानीय तह निर्वाचनपछि निर्वाचित नगर प्रमुख र उपप्रमुखले नगरको विकासमा देखाएको सक्रियताले स्थानीयहरु हर्षित भएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा नगरपालिकामा नयाँ नेतृत्व आएसँगै मृगौला विरामीको डाइलाईसिस सेवा विस्तार, ब्लड बैंक स्थापना गर्ने र बृद्ध भत्ता घरघरमा पु¥याउने निर्णयले उनीहरु हर्षित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र पायो
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
पुष २९, २०८१ सोमबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार