पाँच वर्षमा सरकारी ऋण दोब्बरले बढेर १८ खर्बमाथि, प्रत्येक नेपालीको भागमा ६५ हजारभन्दा धेरै
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १६:३४:३०
१५ जेठ, काठमाडौं । सरकारले आइतबार अपरान्ह आगामी आर्थिक वर्षको बार्षिक बजेट सार्वजनिक गर्दैछ । बजेट निर्वाचन केन्द्रीत हुने र राष्ट्रिय योजन आयोगले दिएको सिलिङ भन्दा केही बढाएर ल्याउने तयारी भइरहँदा सरकारले तिर्न बाँकी बाह्य र आन्तरिक ऋण पाँच वर्षमै दोब्बरले बढेर १८ खर्बमाथि पुगेको छ ।
देशको अर्थतन्त्र खराव नकारात्मक भइरहेका बेला सरकारको आन्तरिक तर्फ मात्रै ८ खर्ब ६३ अर्बभन्दा माथि तिर्न बाँकीरहेको देखिएको छ । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार ८ खर्ब ६३ अर्ब १९ करोड आन्तरिक ऋण तिर्न बाँकी छ भने ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बाह्य ऋण छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ६५ हजार ५ सय हाराहारीमा ऋणभार देखिएको छ ।
यस्तो ऋण आर्थिक वर्ष ०७४÷७५ मा ९ खर्ब १७ अर्ब बराबर थियो । त्यसयता क्रमसः बढ्दै यति पुगेको हो । बढ्दै गएको ऋणको सरकारले चालु आर्थिक वर्षको फागुनसम्म ६६ अर्ब ४७ करोड बराबर साँवाब्याज तिरेको छ । जसअनुसार सरकार खर्च गर्ने कुल बजेटको १० प्रतिशतमाथि ऋणको साँवाब्याज तिर्नमा खर्च भइरहेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार