कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १७:५८:४१
१५ जेठ, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् ।
सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताएका छन् ।
उनका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।
विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।
तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका छन् ।
यसैबीच कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार