दक्षिण भारतीय फिल्ममा किन बढी काम गर्छन् सोनु ?
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १८:९:४३
१९ जेठ, एजेन्सी । बलिउड अभिनेता सोनु सुद बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । उनले आफ्नो करियरको सुरुवात सन् १९९९ मा ‘कालाझगर’ र ‘नेन्जिनिले’ जस्ता तमिल फिल्मबाट गरे । दक्षिण भारतीय फिल्ममा लामो समय बिताएपछि उनले हिन्दी फिल्ममा पाइला चाले । उनले हिन्दी फिल्ममा भने ‘शहीद-ए-आजम’बाट अभिनय सुरु गरेका थिए ।
यद्यपि, सोनु दक्षिण भारतीय फिल्ममा निकै सक्रिय छन् । हालैमात्र सोनुले दक्षिण भारतीय फिल्ममा किन बढी समय दिन्छन् भन्ने कुराको खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा दक्षिण भारतीय फिल्मप्रतिको मोहका बारेमा कुराकानी गरेका छन् ।
‘म स्क्रिप्टलाई लिएर सुरुदेखि नै चुजी छु । चाहे त्यो तमिल, तेलुगू या हिन्दी नै किन नहोस् । दक्षिण भारतीय फिल्मले मलाई खराब हिन्दी फिल्मबाट बचाइरहेको छ । नत्र त एक समय आउँछ जब तपाईंलाइ लाग्छ कि तपाईं कुनै ठूलो फिल्ममा देखिनका लागि मात्र काम गर्नुहुन्छ । दक्षिण भारतीय फिल्मले मलाई यस्तो काम गर्न टाढा राख्छ’, उनले भनेका छन् ।
सोनु हालैमात्र तेलुगू फिल्म ‘आचार्य’मा देखिएका थिए । जहाँ उनले चिरञ्जीवी र उनका छोरा रामचरणसँग अभिनय गरेका थिए । यो फिल्ममा सोनुलाई नकारात्मक भूमिकामा देखाइएको थियो । यद्यपि, फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । उनले अक्षय कुमार, मानुषी छिल्लर र सञ्जय दत्तका साथ फिल्म ‘सम्राट पृथ्वीराज’मा पनि अभिनय गरेका छन् । यो फिल्म ३ जुनमा रिलिज हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार