सर्वोच्चले गरेको फैसलाविरुद्ध आन्दोलन चर्किदै
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १८:४२:१९
१५ जेठ, बारा । निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मंचको आयोजनामा आईतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् ।
धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
आज बेलुका ७ बजे पनि राजमार्गमा धर्ना तथा राँके जुलुश प्रदर्शन गर्ने सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताए । यसैगरी काठमाडौमा बस्दै आएका निजगढवासीले पनि आज दिउँसो २ः३० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएका छन् । सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरूले प्रदर्शन गरेको र थप कडाइका साथ प्रदर्शन गर्ने बाराका दामोदर मैनालीले बताए । उनले अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।
सर्वोच्चको अविवेकी फैसलाको पुर्विचार हुनुपर्ने भन्दै मैनालीले यदि जनताको माग नसुने थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । त्यसैगरी, निजगढ सरोकार समितिले पनि अदालतको निर्णयविरुद्ध आन्दोलन गर्ने भएको छ । समितिले आन्दोलनको रणनीति तयार पार्न आज समितिको बैठक आह्वान गरेको संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बैठकको निर्णयअनुसार आन्दोलन गरिने बताए । समितिले यसअघि पनि विमानस्थलन निर्माणको माग गर्दै निजगढमा दबाबमूलक आन्दोलनको कार्यक्रम संचालन गर्दै आएको थियो ।
विमानस्थल निर्माणको लागि दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गर्न आगामी १७ जेठ मंगलवार निजगढमा सर्वपक्षीय भेलाको आयोजना गर्ने निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार