नेपालकाे स्वास्थ्य क्षेत्रको सूचकमा सुधार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २०:२५:४
![](https://nepalbahas.prixacdn.net/media/albums/helth_eVSOnPvnmM.jpeg)
१५ जेठ, काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो ।
दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।
यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ ।
पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर ‘प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र’ १६, शिशु मत्युदर ‘प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र’ मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर ‘प्रति एक हजारमा’ २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दमशलव ५ प्रतिशत रहेका छन् ।
चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७/७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बन, आचारसंहिता उल्लंघन गरेको आरोप
असार २१, २०८१ शुक्रबार
अशोक राई नेतृत्वको जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
असार २१, २०८१ शुक्रबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता
असार २१, २०८१ शुक्रबार
सहकारी ठगीः ११ अर्ब ६६ करोड रकम दाबिसहित ५५ हजार ४ सय पीडितले दिए उजुरी, ९८ मुद्दा कारवाहीमा
असार २१, २०८१ शुक्रबार