स्याङ्जामा ‘ईको भिलेज’ र ‘हरित रोजगार’कार्यक्रम
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २०:५३:२१
♦ प्रकाश डोटेल
१५ जेठ, स्याङ्जा । पुतलीबजार नगरपालिका भित्रका ३ वटा पर्यटकीय क्षेत्रमा ‘ईको भिलेज’ स्थापना र ‘हरित रोजगार’सृजना गरिने भएको छ ।तरकारी तथा पशुपालनलाई प्राथमिकता दिएर खाद्य वस्तुको आवश्यकतालाई स्थानीय स्तरमा परिपूर्तिगरी होमस्टेमा स्थानीय खानाको प्रबद्र्धनगर्ने उद्देश्यले ईको भिलेजको स्थापना गरिने भएको हो ।
पालिकाभित्र ५० हजार सुन्तलाका बिरुवा वितरणसहित ३ सय रोपनी बाँझो जग्गामा समेत हरित उद्यम सृजना गरिने भएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र पुतलीबजार नगरपालिकाको साझेदारी, आर्थिक तथा प्राविधिक सहयोगमा पालिकामा हरित पुर्नरुत्थान तथा (कोभिड–१९) प्रतिकार्य पहल परियोजना अन्र्तगत उक्त कार्यक्रम गरिने भएको छ ।
परियोजनाले २ सय ९५ दक्ष नर्सरी व्यवस्थापक तयार गरी ५ लाख बिरुवा उत्पादन गरेर २ हजार मेट्रीक टन तरकारी उत्पादन गर्ने लक्ष्य लिएको छ । साथै, २५ वटा टनेल, २५ वटा ग्रीन हाउस, ५ वटा गड्यौला मल बनाउने केन्द्रसमेत स्थापना गर्ने लक्ष्य लिएको छ ।
विगत ३ वर्षदेखि परियोजनाले पुतलीबजारमा काम गर्दै आएको छ । पालिकाका १४ वटै वडामा कार्यक्रम संचालनमा रहेको छ । (कोभिड–१९)को महामारीबाट नगरमा सामाजिक र आर्थिक रुपमा गम्भिर प्रभावित बिशेषगरी महिला, युवा, अशक्त व्यक्तिको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले परियोजनाले लक्षित समुहमा काम गर्दै आएको छ ।
पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई हरित पुर्नरुत्थान परियोजनाका बारेमा जानकारी गराउँदै कृषकलाई उद्यमशिलता र प्राविधिक ज्ञान बृद्धि गर्नु मुख्य लक्ष्य रहेको संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।
उनका अनुसार उत्पादित वस्तुको बजारीकरण, आधुनिक उपकरणको प्रयोगसँगै नयाँ सोचसहित व्यवसायमा संलग्न गराई महिला तथा सिमान्तकृत वर्गलाई हरित रोजगारी मार्फत समाजिक प्रगती र आर्थिक बृद्धि सुनिश्चितता गर्ने परियोजनाको लक्ष्य छ ।
हरित पुर्नरुत्थान परियोजनालाई नगरका कृषकको रुची र भुगोल अनुरुप मौसमी तथा बेमौसमी कृषि व्यवसायमा आकर्षण बढाई आर्थिकोपार्जनमा टेवा पु¥याउने नगर प्रमुख तुलसीराम रेग्मीले बताए।“कृषकको उत्पादन र उत्पादित कृषि उपजको बजारीकरणको जिम्मेवारी नगरपालिकाले लिनेछ ।”उनले भने, “कृषि एम्बुलेन्सको तत्काल व्यवस्था गरी कृषकको उत्पादनलाई उचित मूल्य हामी उपलब्ध गराउने छौं ।”
परियोजना अन्तर्गत कृषि उत्पादन र पशुधन, उद्यम विकास, उद्यमशीलता, व्यवसाय प्रबद्र्धन तथा नवप्रर्वतन केन्द्रको स्थापना, जीविकोपार्जन सुधारका लागि ईको टुरिजम प्रबद्र्धन, प्रशोधन केन्द्र निर्माण, कमजोर एवं विपन्न समुदायको लागि जीविको पार्जनमा सुधार, माटो परिक्षण केन्द्र स्थापना लगाएतका काम गरिने कार्यक्रम संयोजक पुजा अर्यालले जानकारी दिईन् ।
पुतलीबजार नगरपालिकाको झण्डै १ करोड ४३ लाख, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको १ करोड १६ लाख र अन्यश्रोतको १० लाख गरी करिब २ करोड ७० लाखको लागतमा परियोजना २०२३ मार्चसम्म संचालनमा रहने छ । परियोजनाले स्याङ्जाको वालिङमा समेत विगत ३ वर्षदेखि कामगर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार