औलो क्रमशः नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २१:०:३९
१५ जेठ, काठमाडाैं । यस्तै आर्थिक सर्वेक्षणमा औलो नियन्त्रण हुँदै गएको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ ।
सर्वेक्षणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोषण केन्द्रमा आर्थिक वर्ष २०७७/७८ मा ७४० मिर्गौला र छ बिरामीको कलेजो प्रत्यारोषण गरिएको जनाइएको छ । चालु आर्थिक वर्षमा ८२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
यस्तै चालु आर्थिक वर्षको फागुनसम्म ३७३ बिरामीको मुटुको भल्भको निःशुल्क शल्यक्र्रिया र ८८५ बिरामीको विभिन्न प्रकारका मुटुको शल्यक्र्रिया गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १३ हजार ८२० जनाले क्यान्सर, तीन हजार ९४७ जनाले मुटु, चार हजार ९८४ जनाले हेमोडायलासिस, १७२ जनाले पेरिटोनियल डायलासिस र ४०० जनाले मिर्गौला प्रत्यरोषण लगायतका ठूला रोगमा २६ हजार ३३१ जना विपन्न नागरिकले औषधी उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।
यस्तै सर्वेक्षणमा २०७८ फागुनसम्म ७७ जिल्लाका ७४२ स्थानीय तहका ५२ लाख ६४ हजार ९५१ जना स्वास्थ्य बीमा कार्यक्रमबाट लाभन्वित भएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार