सम्पर्कविहीन जहाज खोज्न सेनाको टोली सम्भावित क्षेत्रमा, सशस्त्र र प्रहरीको टोली पनि पुग्दै
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २१:५१:२०
१५ जेठ, काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रतर्फ लागेको छ । पोखराबाट जोमसोमको लागि उडेको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जना टोली परिचालन गरिएको छ ।
मुस्ताङको घाँसाबाट पैदलमार्ग हुँदै ६२ जनाको टोली र २० जनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्र खोज्न लागेका हुन् । पाइलटको फोन लागिरहेको छ । सोही आधारमा लोकेसन ट्र्याक गरेर सम्भावित क्षेत्रतर्फ लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
स्थलमार्ग हुँदै गएको टोलीले फोनको लोकेसन ट्रेस गरिसकेको छ । सोही आधारमा टोली मोभिलाइजेसन भएको प्रवक्ता सिलवालको भनाइ छ । हेलिकोप्टरमार्फत गएको टोली मुस्ताङको कोवाङ्गमा तयारी अवस्थामा छ ।
पैदलमार्ग हुँदै गएको टोलीले फेला पारेपछि हेलिकोप्टरमार्फत तयारी अवस्थामा रहेको टोलीले तत्कालै उद्दार गर्नेछ । खराब मौसमका कारण हेलिकोप्टर कोवाङबाट अगाडि बढ्न सकिरहेको छैन । ठाउँ पत्ता लागेको खण्डमा पाँच मिनेटभित्रै उद्दार गर्ने गरी हेलिकोप्टर तयारीमा राखिएको प्रवक्ता सिलवालले बताए ।
यतिबेला फिस्टेल एयरको सानो हेलिकोप्टरले समेत सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ । नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि त्यसतर्फ पुग्न लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामकुमार दानीले बताए ।
तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । जहाजलाई सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाइरहेका थिए । जहाजमा चालकदलका तीन जनासहित २२ जना यात्रु थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार