अर्थमन्त्रीले वनमा १३ अर्ब र श्रम, रोजगार मन्त्रालयलाई ९ अर्ब १३ करोड दिए बजेट
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार २३:१७:५५
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको १३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको बताए ।
चुरे क्षेत्र संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए । तराई मधेशका नदीहरूमा तटबन्ध गरी नदी उकास जमिनमा बायोइन्जिनियरिङ लगायतका माध्यमबाट हरियाली करिडोर निर्माण गरिने मन्त्री शर्माले बताए ।
महाभारत क्षेत्रमा खानी विभागले पहिचान गरेका सम्भाव्य स्थानमा वातावरणीय मूल्यांकनका आधारमा मार्वल, ग्रेनाइट तथा बहुमूल्य धातु फलाम, चुनढुंगाको उत्खनन तथा प्रशोधन गरी निर्यात गरिने मन्त्री शर्माले बताए ।
यस्तै सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ९ अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले आगामी वर्षका लागि यो मन्त्रालयलाई ९ अर्ब १३ करोड रकम विनियोजन गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार