नेपालमा ५२ भन्दा बढी जहाज दुर्घटना, साढे ८ सयभन्दा बढीको मृत्यु
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १४:२४:४६
१६ जेठ, काठमाडौं । पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज आइतबार बिहानदेखि सम्पर्कबिहिन भएको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए ।
नेपालमा भएयो यो पहिलो जहाज दुर्घटना भने होइन । यसअघि पनि थुप्रै पटक नेपालमा जहाज तथा हेलिकप्टर दुर्घटना भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् ।
यस्ता दुर्घटनामा थुप्रैको ज्यान गएको छ । उक्त अवधिमा नेपालमा भएका जहाज तथा हेलिकप्टर दुर्घटनामा ८५० जनाभन्दा बढीको मृत्यु भएको छ । नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन जहाज दुर्घटना भएको थियो । रोयल फोर्स एयरको जहाज दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन ।
नेपालमा जहाज दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन् १९५५ मा भएको थियो । कालिंगा एयरको जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।
यस्तै काठमाडौंमा इण्डियन एयरलाइन्सको जहाज सन् १९५६ मा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । इण्डियन एयरलाइन्सको जहाज सन् १९५७ मा पनि नेपालमा दुर्घटनामा परेको थियो । टीकारभैरवमा इण्डिन एयरलाइन्सको जहाज दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो । यसको एक वर्ष नबित्दै सन् १९५८ मा इण्डियन एयरलाइन्सको अर्को जहाज नेपालमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइनसको जहाज सन् १९६० मा दुर्घटनामा परेको थियो । भैरहवामा दुर्घटना हुँदा चार जना यात्रुको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६२ मा ढोरपाटनमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको अर्को जहाज ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६९ मा दुर्घटनामा परेको थियो । सो जहाज दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । यसको एक वर्षपछि सन् १९७० मा दिल्लीमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।
सन् १९७० मा नै रोयल लाइटको जहाज जोमसोममा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । यसको दुई वर्षपछि रोयल लाइट धुलिखेलमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।
नेपाल एयरलाइनसको जहाज सन् १९७५ मा काठमाडौंमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने सन् १९७६ मेघौलीमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । सन् १९७९ मा लाङ्टाङ्मा जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको जहाज सन् १९८१ मा विराटनगरमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको जहाज सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका थिए । सन् १९८५ मा नेपालमा अर्को विमान दुर्घटना भएको थियो, जसमा परी २५ जनाले ज्यान गुमाएका थिए ।
थाई एयरको जहाज सन् १९९२ मा नेपालमा दुर्घटनामा परेको थियो । रसुवामा भएको उक्त दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो । पाकिस्तान एयरलाइन्सको जहाज सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।
एभरेष्ट एयरको जहाज सन् १९९२ मा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइन्सको जहाज सन् १९९५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।
कर्णाली एयरको जहाज सन् १९९७ मा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । लिबानी जहाज सन् १९९८ मा नेपालमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
एसियन एयरको जहाज सन् १९९८ मा दुर्घटनामा परेको थियो । सोलुखुम्बुमा भएको उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको जहाज सोलुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।
नेकोन एयरको जहाजा सन् १९९९ मा जुम्लामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । सोही वर्ष मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको जहाज सन् २००० मा डडेल्धुरामा दुर्घटना भएको थियो । सो दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । फिस्टेल एयरको हेलिकप्टर सन् २००१ मा रारा तालमा खस्दा चार जनाको मृत्यु भएको थियो ।
यस्तै, स्काइलाइनको जहाज सन् २००२ मा सुर्खेतमा दुर्घटना भएको थियो । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । सांग्रीला एयरको जहाज सन् २००२ मा दुर्घटना भएको थियो । कास्कीमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।
यती एयरलाइन्सको जहाज सन् २००४ मा लम्जुङमा दुर्घटना भएको थियो । सो घटनामा ३ जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टिको जहाज सन् २००५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो ।
यती एयरलाइन्सको जहाज सन् २००६ मा दुर्घटना भएको थियो । जुम्लामा भएको उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष यती एयरलाइन्को अर्को जहाज लुक्लामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।
अग्नी एयरको जहाज सन् २०१० मा दुर्घटना भएको थियो । मकवानपुरमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।
तारा एयरको जहाज सन् २०११ मा ओखलढुंगामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष बुद्ध एयरको जहाज ललितपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
अग्नी एयरको जहाज सन् २०१२ मा जोमसोममा दुर्घटनामा परेको थियो । दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । सोही वर्ष सीता एयरको जहाज काठमाडौंमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए ।
नेपाल एयरलाइन्सको जहाज सन् २०१४ मा अर्घाखाँचीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । सन् २०१५ अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिँदा हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।
सन् २०१५ मा नेपालमा अर्को हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । तारा एयरको जहाज सन् २०१६ मा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।
युएस–बाङ्ग्ला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा नै मकालु एयरको जहाज सिमिकोटमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए ।
एयर डाइनेस्टीको हेलिकप्टर सन् २०१९ मा ताप्लेजुङको सिस्नेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । सोही वर्ष समिट एयरको जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । तस्वीर सामाजिक सञ्जाल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार