जोमसोम रुटका पुराना ४ ठूला दुर्घटना, ७४ जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १६:४६:२०
१६ जेठ, पोखरा । पोखरा–जोमसोम रुट निकै त्रासपूर्ण छ । विगत हेर्दा यहाँ ठूला ठूला दुर्घटना भएको देखिन्छ । आजभन्दा ७ वर्षअघि १२ फागुन २०७२ तारा एयरकै विमान दुर्घटना भयो । म्याग्दीमा दुर्घटना भएको यो दुर्घटनाबाट २३ जनाको ज्यान गएको थियो ।
१ जेठ २०६९ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । विमानस्थल नजिकै पानी टंकीमा दुर्घटना हुँदा १५ जनाले यसमा ज्यान गुमाए । २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो ।
३ भदाै २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो । तत्कालीन समयमा १८ जनाको मृत्यु भएको थियो । २०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो । तर तत्कालीन समयमा मानवीय क्षति थिएन ।
गण्डकी क्षेत्रमा दुर्घटना भएका जहाजहरु अरु पनि छन् । २०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायूसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाए । सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो, ६ जनाको मृत्यु भयो ।
८ वर्षपछि २०२७ सालमा रोयल लाइट जोमसोममा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए । १८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुघर्टनामा पर्दा ३ जनाले ज्यान गुमाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ५६ हजार नजिक
पुष २९, २०८१ सोमबार
पृथ्वीराजमार्ग सडक विस्तार: पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
अझै स्तरोन्नति भएन सहीद मार्ग, सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य
पुष २९, २०८१ सोमबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार