निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला षडयन्त्रमूलक छ,भारत परस्त भयोः अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १७:५९:१
१६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले दिएको फैसला षडयन्त्रमूलक र भारत परस्त भएको बताएका छन् । उनले सर्वोच्चको निर्णय विकास विरोधी भएको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने भनि दिएको फैसला नेपालको विकासका लागि दुर्भाग्यपूर्ण भएको बताए ।
छलफलमा सहभागी नेता नेपालले सर्वोच्चबाट आएको फैसलाबाट आफु स्तब्ध भएको बताउँदै सर्वोच्च विकासको सहयोगी हुनुपर्ने र राज्यका कुनै पनि निकाय विकासका बाधक बन्न नमिल्ने बताए । उनले सर्वोच्चले वस्तुस्थितिबारे जानकारी नभइकन निर्णय गरेकोमा आपत्ति जनाए ।
नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन नदिनका लागि षडयन्त्र भएको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहुने तर पारिपट्टी भारतमा भने ठूल्ठूला अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको र हुने क्रममा रहेको बताए ।
उनले भने, ’निजगढ विमानस्थल निर्माण नबनोस् भनेर ठूलो षडयन्त्र छ । भारतको दरभंगा र कुसीनगरमा ठूल्ठूला विमानस्थल निर्माण भएका छन् । वीरगञ्जसँग जोडिएको रक्सौलमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ ।’
निजगढ विमानस्थल निर्माणका लागि भारतले खेलेको भूमिकाप्रति उनले असन्तुष्टि जनाए । ’भारत सरकार नेपालको विकासका लागि सहयोगी हुने कि नहुने ? किन अवरोध खडा हुने गरेको छ ? भारतको ध्यानाकर्षण गर्नपर्ने भएको छ,’ उनले भने । निजगढमा विमानस्थल निर्माण रोक्न कहिले धार्मिक व्यक्तिहरूलाई अगाडि सारिएको र कहिले वातावरणको विषय अगाडि सारिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिएको ठाउँबाट सार्न नमिल्ने नेपालको भनाइ थियो । उनले त्यहाँभन्दा दक्षिणमा बाक्लो वबस्ती भएकाले सम्भव नभएको बताए । अध्ययन भएर नै, १० वटा ठाउँको अध्ययन गरपछि वैकल्पिक एयरपोर्ट निजगढमा निर्माण गर्नुपर्ने निष्कर्षमा पुगिएको उनले बताए । नेपालले सर्वोच्च अदालतले विगतमा पनि विकास निर्माणका काममा पटकपटक भाँजो हाल्ने गरेको भन्दै गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोदाममा मल हुँदा पनि किसानले पाउँदैनन्
माघ ९, २०८१ बुधबार
एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
माघ ९, २०८१ बुधबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
आयोजना अलपत्र हुँदा खानेपानी समस्या
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार