ठाडोभाकाको प्रशिक्षणमा १३ वर्षदेखि ८० वर्षका वृद्धसम्म
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १८:२८:५०
१६ जेठ, लमजुङ । लमजुङमा संचालन गरिएको लोपोन्मुख ठाडोभाकाको दुई दिने निःशुल्क प्रशिक्षणमा १३ वर्षका बालकदेखि ८० वर्षका वृद्धसम्मले भाग लिएका छन् । मध्यनेपाल नगरपालिका- ६ को भोर्लेटारस्थित इशानेश्वर क्याम्पसको हातामा उक्त प्रशिक्षण संचालन गरिएको थियो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजना, गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको प्रवर्द्धन तथा बौद्ध सेवा समाज बाबाआमा समूह भोर्लेटारको विशेष सहयोगमा सो प्रशिक्षण गरिएको हो । संगीताका तीनवटै विधा ‘वागीना’ अर्थात् बाध्यवादन, गीत गायन र नाचमा प्रशिक्षण सञ्चालन गरिएको थियो ।
प्रशिक्षणमा १३ वर्षका पनाति पुस्तादेखि ८० वर्षका बाजे चार पुस्तासम्मका व्यक्तिले भाग लिएका थिए । प्रशिक्षणले प्रतिभा भएर पनि कुन्ठित अवस्थामा रहेकालाई समेत उजागर गर्ने काम गरेको थियो ।
आफूले ठाडोभाका ४२ वर्षको उमेरदेखि गाउन थालेको बताउँदै मध्यनेपाल नगरपालिका-७ को चिसंकु निवासी ८० वर्षीय मीनबहादुर गुरुङले ठाडोभाका ४२ वर्षको उमेरदेखि गाउन थालेको बताए । उनका अनुसार ठाडोभाका हत्तपत्त जो पायो उसले गाउन सक्दैनन् । ‘तर यसमा रस बसेपछि अरु गीत गाउन मन नै हुँदैन,’ उनले भने, ‘रौस गर्न त उमेरले छेक्दैन नि १ मेरो कान अलिक कमजोर भएको छ, अरु कुराले जवान नै छु जस्तो लाग्छ ।’
यो संस्थाका ठूला मान्छेहरूलाई सुनाउनु पर्छ भन्ने ठानेर आफू कार्यक्रममा आएको उनले बताए। उनले भने, ‘पोहोर साल लमजुङको पूर्वी क्षेत्र दोर्दी गाउँपालिकामा आयोजना गरिएको ठाडोभाकाको प्रतियोगितामा भाग लिन गएको थिएँ तर केटी साथी नपाउँदा मैले भाग लिन र गाउन पाइनँ ।’
उनले ८० वर्षको उमेरमा पनि आफैले मादल बोकेर कार्यक्रममा जाने गरेको सुनाए । उनी भन्छन्, ‘जवान छँदा त आफैले मादल बनाउने काम पनि गर्थे, यो मादल म आफैले १० वर्ष अघि बनाएको हुँ ।’
प्रशिक्षणमा भाग लिन आएकी सुन्दरबजार नगरपालिका-१ की २३ वर्षीया मुना दुराले प्रशिक्षण उत्कृष्ट लागेको बताइन् । प्रशिक्षणमा आयोजक संस्थाका संरक्षक एवं ठाडोभाकाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका वरिष्ठ सदस्य एवं लोकगायिका सीता दुरा, सुवेदार सन्तबादुर गुरूङ, लोकगायिका सावित्री शाहीलगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधि अपनाइएको आयोजक संस्थाका महासचिव रुपिन्द्र प्रभावी जोशीले बताए । ठाडभोकामा मायापिरतीका अतिरिक्त दाजु-बैनी, दिदी-भाइ, आमा-छोरा, बाबु-छोरी तथा सामाजिक अभियन्तासमेत बनेर भावसहित रसपूर्ण तरिकाले गायन गर्नु पर्ने प्रशिक्षक सीता दुराले बताइन् । प्रशिक्षणमा कास्की, तनहुँ र लमजुङका गरी ३७ जना महिला र पुरुषले भाग लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार