मानव बेचबिखन तथा जबरजस्ती करणीको आरोपमा पर्साबाट ३ जना पक्राउ
आबिद हुसेन
जेठ १६, २०७९ सोमबार १९:५:३२
१६ जेठ, पर्सा । युवतीलाई प्रलोभनमा पारी बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगन्जबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका ४ घर भई हाल वीरगन्ज महानगरपालिका ८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह, वीरगन्ज १६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी ‘कार्की’ र जुम्ला हेमा गाउँपालिका ३ जोगीवडा टोल घर भई हाल वीरगन्ज-१६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी रहेका छन् ।
साहले जेठ ५ गते काठमाडौंकी एक २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज बसपार्कस्थित एक होटलमा लगेर पटकपटक करणी गरेको उनलाई आरोप लागेको छ । त्यसपछि उनले जेठ ९ गते ती युवतीलाई होटल सञ्चालिका कार्कीको जिम्मा लगाई आफू फरार भएको प्रहरीले दाबी गरेको छ ।
प्रहरीका अनुसार कार्कीले जेठ १० गते योगीले विवाह गर्छ भनी झुक्याएर ती युवतीलाई योगीको जिम्मा लगाएकी थिइन् भने योगीले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी कोठा बाहिर निस्कन नदिई राखेका थिए ।
शनिबार राति ९ बजेतिर ती युवती योगीको कोठाबाट भागेर आफन्तको सम्पर्कमा आएकी थिइन् । आइतबार घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका विभिन्न टोलीले वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेको थियो ।
आरोपितहरूलाई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार