करको दर घटाउन नवनिर्वाचित मेयरसँग बीरगञ्जका व्यवसायीको माग
आबिद हुसेन
जेठ १६, २०७९ सोमबार १९:१५:२१
१६ जेठ, बीरगञ्ज । वीरगन्जका उद्योगी व्यवसायीहरुले करको दर घटाउन नवनिर्वाचित मेयर राजेशमान सिंहसँग माग गरेका छन् । नवनिर्वाचित मेयर सिंहलाइ उनकै कार्यकक्षमा भेटेर उद्योगीहरुले यस क्षेत्रका उद्योग व्यपारका समस्या र चुनौती बारेमा ध्यानाकषर्ण गराउँदै करको दर घटाउन माग गरेका हुन् ।
भेटका क्रममा संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले नवनिर्वाचित मेयर सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अगामी दिनमा वीरगन्ज उद्योग वाणिज्य संघ र महानगरपालिकाले गर्न सक्ने सहकार्यका बारेमा पनि सिंहको ध्यानाकर्षण गराएका थिए ।
महानगरले संकलन गर्दै आएको कर परिमार्जन गर्न, बीरगन्जमा एउटा ट्रान्सपोर्ट नगरको निर्माण गर्न पनि संघका अध्यक्ष गुप्ताले आग्रह गरे । उनले बीरगन्ज क्षेत्रमा सन्चालित उद्योगहरुका लागि आवश्यक ट्रेडफेयर मैदान निमार्णमा संघ र महानगर बिच सहकार्य गर्न सकिने तर्फ पनि मेयर सिंहलाइ जानकारी गराए ।
नवनिर्वाचित मेयर सिंहले यस अघि बीरगन्ज महानगर, महानगरवासी र उद्योगी व्यवसायीबीच रहेको मत भिन्नतालाई अब आफुले हटाउने प्रतिबद्धता जनाए । उनले महानगरले संकलन गर्दै आएका कर पारदर्शी बनाउने, करका दर पुनरावलोकन गर्ने र करको दर भन्दा पनि करको दायरा बढाउनेतर्फ महानगर अघि बढ्ने बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार