बीरगञ्जका मेयर र ट्राफिक प्रमुखबीच भेटवार्ता, ट्राफिक व्यवस्थापन चुस्त बनाइने
आबिद हुसेन
जेठ १६, २०७९ सोमबार १९:३६:३१
१६ जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको ट्राफिक व्यवस्थापन, पार्किङ, सडक लेन लगायतका समस्याका बारेमा नवनिर्वाचित मेयर राजेशमान सिंहले ट्राफिक प्रहरी प्रमुखसँग जानकारी लिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दाहाललाई कार्यकक्षमा बोलाएर महानगरको ट्राफिक व्यवस्थापनमा भइरहेका काम र देखिएका समस्या बारेमा मेयर सिंहले जानकारी लिएका हुन् ।
यसका साथै ट्रान्सपोर्ट तथा हेभी गाड़ी लोड अनलोड लगायत विषयमा पनि मेयर सिंहले जानकारी लिएका थिए । ट्राफिक व्यवस्थापनका रुट छुट्याएर सवारी आउजाउको व्यवस्था मिलाउने वातावरण महानगरले बनाइदिए सहज हुने ट्राफिक प्रहरी प्रमुख दाहालको प्रतिकृया थियो ।
साथै पार्किङको समस्याका कारण सडकमै सवारी पार्किङ गरिँदा साँघुरा सडक झनै साँघुरा भएकाले पनि आउजाउमा कठिनाई आउनुका साथै ट्राफिक व्यवस्थापन चुनौति देखिएको उनको भनाई थियो ।
त्यसका लागि छुट्टै पार्किङ क्षेत्र बनाउनु जरुरी रहेको भन्दै महानगरले त्यसमा काम गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । महानगरले वीरगञ्जको ट्राफिक व्यवस्थापनका लागि छुट्टै पार्किङ क्षेत्र निर्माण गर्नुका साथै अहिले भइरहेको जथाभावि पार्किङलाई कम गर्न आवश्यक सहकार्य गरेर अघि बढ्न ट्राफिक प्रहरीसँग मेयर सिंहले आग्रह गरे ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार