बजेटले चुनावलाई हैन, निजी क्षेत्रलाई विश्वासमा लिने काम गरेको छः अर्थमन्त्री शर्मा
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २२:२७:२८
१६ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नभएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले चुनावी कुरा बजेटमा नराखिएको बरु निजि क्षेत्रलाई प्रोत्साहन गरिएको बताए ।
सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले चुनावलाई नभई किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिने बजेट रहेको दाबी गरे उनले निजी क्षेत्रलाई उत्पादनमा उत्साहित बनाउने उनीहरूको माग सम्बोधन गरेर बजेट ल्याएको दाबी गरे ।
७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई विश्वास लिने बजेट ल्याएको भन्दै उनले निर्यातमा नगद अनुदान र विजुलीमा छुट सिमेन्ट उद्योगलाई टार्गेट गरी सिमेन्ट निर्यात गर्ने लक्ष्य राखेको बताए ।
उनले निर्यातमा अनुदान र वार्षिक १० करोडभमन्दा बढी बिजुली खपत गर्नेलाई महसुल छुट गर्ने घोषणा गरेको भन्दै ५ खर्बको लघुवित्त कोषमार्फत उत्पादन क्षेत्रमा नै कर्जा दिने व्यवस्था गर्न खोजिएको दावी गरे ।
उनले आफूले ल्याएको बजेटले पूर्वाधार निर्माणलाई समयमा सम्पन्न गर्नुपर्छ भनेर टार्गेट लिएको दाबी गरे । सबै पूर्वाधार सरकारले गर्न सक्दैन भनेर केही दु्रतमार्ग निजी क्षेत्रलाई दिने कुरा गरेको भन्दै उनले सपना देख्नुपर्ने र सपना नदेखी केही नहुेने स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार