अध्ययन बिना नयाँ सडक खन्न रोक
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २२:४५:५६
१६ जेठ, गलकोट । बागलुङ नगरपालिकाले जथाभावीरुपमा सडक खन्ने नीतिलाई सुधार गर्न प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्न रोक लगाएको छ ।
नगरको दोस्रो बैठकले बागलुङ नगरभित्रका सबै टोल÷गाउँमा सडक पुगिसकेको जनाउँदै आगामी दिनमा सडक खन्न रोक लगाउने र भएका सडक स्तरोन्नतिमा जाने जनाएको छ । बागलुङ नगरले सडक खोल्न बन्द गर्ने तर अत्यावश्यक भएमा नगरको प्राविधिक टोलीको स्थलगत अध्ययनपछि मूल्यांकनका आधारमा मात्रै सडक खन्न दिइने निर्णय भएको नगरका प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए।
उनका अनुसार बागलुङ नगरको दोस्रो कार्यपालिका बैठकबाट नयाँ सडक प्राविधिक अध्ययनपश्चात मात्रै खन्न पाइने, बागलुङ प्रवेशद्वारलाई व्यवस्थित बनाइने र जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पार्कीङस्थलको व्यवस्थापन गर्ने लगायतको निर्णय भएको छ । नगरभित्र पार्कीङको निकै समस्या भएका कारण सरकारी तथा निजी जग्गामा पार्कीङस्थल बनाउने, नयाँ सडक खन्न रोक लगाउँदै प्राविधिक अध्ययनपछि मात्रै सडक खन्न लगाउने र बागलुङ बजारको प्रवेशद्वारलाई सुन्दर बनाउने निर्णय गरिएको बागलुङ नगरपाकिलाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
“नगरपालिकामा जथाभावी भूगोलको अध्ययनबिनै सडक खन्ने प्रचलनले विपद्का घटनामा वृद्धि भएको पाइएको छ, उपभोक्ता समितिले डोजर चालक मिलेर सडक खन्दा पहिरोको जोखिम समेत व्यपाक छ” श्रेष्ठले भने “धेरै स्थानमा सडकको पहुँच पुगेको छ, भएको सडकलाई पाँच वर्षमा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिनेछ, नयाँ ट्र्याक खोल्नै पर्ने भए प्राविधिकले अध्ययन गरेपछि मात्रै पाइन्छ ।”
यस्तै ट्राफिक व्यवस्थापनका लागि बागलुङ बजारभित्रै सरकारी तथा निजी जग्गा खोज्ने कार्यपालिकाले निर्णय गरेको छ । साँधुरो बागलुङ बजारमा मोटरसाइकल तथा जीपको पार्किङ गर्न अत्यन्तै समस्या रहेका कारण भाडा तिरेर सवारीसाधन पार्कीङको व्यवस्था मिलाउने बागलुङ नगरपालिकाले जनाएको छ ।
यस्तै अव्यवस्थित रुपमा बागलुङ बजारको मालढुङ्गा प्रवेशद्वारमा रहेका होर्डिङ बोर्डलाई नगरले व्यवस्थित गर्ने जनाएको छ । नगरले बागलुङ प्रवेशद्वार मालढुंगास्थित पुलको रंगरोगन गर्ने, विद्युतीय बत्ती जडान गर्ने र होर्डिङ बोर्डलाई व्यबस्थित गराइ सुन्दर बनाउने भएको छ । होर्डिङ बोर्ड व्यवस्थापन गर्न अध्ययन समिति समेत गठन गरिएको छ । नगरले पहिलो कार्यपालिका बैठकमा बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार