कबड्डि ४ की नायिका मिरुनामाथी दुर्व्यवहार, यसरी हानिन् थप्पड
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २२:५३:२६
१६ जेठ, इटहरी । पछिल्लो समय दुर्व्यवहारको घटना बढ्दो क्रममा छ । सामान्य ब्यक्तिदेखि सार्बजनिक ब्यक्तिसम्मलाई दुर्ववहारदुर्व्यवहारका घट्नाले पिरोल्ने गरेको छ । यस्तैमा अभिनेत्री मिरुना मगर पनि दुर्व्यवहारमा परेकी छन् ।
त्यो पनि सार्बजनिक स्थलमै । हाल बक्स अफिसमा अत्याधिक व्यापार गर्न सफल भैरहेको नेपाली चलचित्र ‘कबड्डि ४’ को मुख्य नायिका हुन मिरुना । चलचित्रले सफलता हासिल गर्न थालेपछि हलहलमा दर्शकलाई भेटन टिमसंगै पुगेकी उनलाई एक ब्यक्तिले गलत तवरले छोएर दुर्व्यवहार गरेका हुन् ।
लामाको पहिरनमा देखिएका सो ब्यक्तिलाई अभिनेत्री मिरुनाले थप्पड समेत हानेकी छन् । गलत ब्यवहारले आवेशमा आएकी उनले सो ब्यक्तिलाई थप्पड हानिसकेपछी ‘अबदेखी कोहि केटिलाई त्यसरी छोइस् भनेनी तेरो यो युनिफर्म उतार्दिन्छु’ भन्दै त्यही सबैमाझ माफी समेत माग्न लगाईन् ।
काठमाडौंमा अवस्थित सिभिल मलमा आइतबार साझ भएको जुन घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ । अभद्र व्यवहार गरेको आरोपमा फुर्वा तामाङ भनिने सो ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
पछाडिबाट पटकपटक अस्वाभाविक रुपमा छोएको भन्दै मिरुनाले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी थिइन् । उनको सो जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका लामालाई पक्राउ गरेर हिरासतमा राखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार