तराई मधेशमा धुमधामले वटसावित्रीको पूजा गरियाे
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २३:७:२८
१६ जेठ, सप्तरी । तराई मधेसका महिलाहरूले धुमधामले सोमबार वटसावित्रीको पूजा गरेका छन् । तराई मधेशका महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको सुखका लागि परापूर्वकालदेखि यो पूजा गर्दै आएको जनविश्वास छ।
सोमबारकै दिन प्राचिनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएदेखि यो पूजा गर्दै आएको धार्मिक विश्वास रहेको स्थानीय रिना झाले बताइन्।
अघिल्लो दिन व्रतालु महिलाले नुहाई ध्वाई चोखो खाने र भोलिपल्ट अर्थात् आज वरको रूखको फेदमा विभिन्न प्रकारका मिठाइ,फलफुल,चढाइ बाँसले बनाएको पंखाले हम्किने, धागो बाँधेर वरको रूखको फेदमा सात पटक घुम्ने, कथा पढ्ने र व्रत बस्ने गरेको स्थानीय व्रतालु विनीता देवले बताइन्।
उनले भनिन, झवर्षमा एक पटक गरिने यो पूजा पहिला ब्राह्मण, देव, कर्ण जातले मात्र गर्दै आए पनि यो पूजालाई एकदमै सकारात्मक लिएर तराई मधेशका सबै जातजातिका महिलाहरूले उत्साह र विधिविधानले एक दशक यता गर्दै आएका छन्।
साथै व्रतालु स्थानीय रिना सिंहले भनिन्, झघरमा वरको हाँगा रोपेर गर्ने चलन भए पनि मन्दिरमा रोपिएको वरको रूखमा सामूहिक रूपमा पूजा गरेर कथा सुन्नुको मज्जा अर्कै हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार