जगर्नाथपुर मेलामा नक्कली नोट साट्दै गरेका २ जना पक्राउ
आबिद हुसेन
जेठ १६, २०७९ मंगलबार ०:१२:१७
१६ बीरगञ्ज । नक्कली नोट कारोबारमा संलग्न २ जनालाई पर्साको जगर्नाथपुरबाट प्रहरीले पक्राउ गरेको छ । जगर्नाथपुर गाउँपालिकाको वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोट साटिरहेको भन्ने सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाकै बहुदरमाई नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली घर भई हाल बहुदरमाई नगरपालिका ८ मा बसिरहेका २० वर्षीय अजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेकाको साथबाट नक्कली नोट बीस हजार ‘१ हजार दरका २० थान’ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पनि खनालले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार