तारा एयरको विमान दुर्घटनाका बाँकी शव काठमाडौं ल्याइँदै
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १६:२२:२०
१७ जेठ, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा तारा एयरको विमान दुर्घटनामा सबै मृतकहरुको शव संकलन भएको छ । संकलन भएका शवलाई काठमाडौं पठाउने तयारी गरिएको छ ।
द्युर्घटनामा परी मृत्यु भएका चालक दलका ३ जनासहित २२ यात्रुमध्ये १० वटा शव सोमबारै उद्धार गरी काठमाडौं ल्याइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाँकी १२ वटा शव दुर्घटनास्थलबाट तल कोवाङ बस्तीमा झारिएको र मुचुल्का उठाएर सबै शव काठमाडौं पठाउने तयारी भइरुहेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएका सबै यात्रुको शव संकलन भएको छ । १० वटा शव हिजै काठमाडौं पठाइयो । बाँकी १२ शव घटनास्थलबाट तल कोवाङ बस्तीमा झार्ने काम भरहेको छ । केहीबेरमा बाँकी शवहरु काठमाडौं पठाउछौं,’ प्रजिअ अधिकारीले बताए ।
यसैबीच विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) समेत फेला पारी काठमाडौं पठाउन लागेको उनले जानकारी दिए । यसबाट पनि विमान दुर्घटनाको कारण खुल्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार