म्यादी सरकारले बजेट हैन, गठबन्धनको चुनावी घोषणापत्र ल्यायोः पौडेल
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १७:४८:४
१७ जेठ, काठमाडौं । नेकपा एमालेका उपहासचिव विष्णु पौडेलले पाँच दलीय सरकारले आगामी आर्थिक वर्षको बजेट नभएर सत्ता गठबन्धनको चूनावी घोषणपत्र ल्याएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै उनले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने र चुनावलाई लक्षित गरी बजेट ल्याएको बताए ।
स्रोत साधानको प्रयोगबाट आर्थिक वृद्धि हुने भन्दै उनले पुँजी लगानी नै अपुग रहेको र सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशमा रहेको आर्थिक संकट अन्त्य गर्नभन्दा पनि थप जटिलता थप्नेखालको रहेको उनको टिप्पणी छ ।
पौडेलले सरकारले ल्याएको बजेट बजेटजस्तो नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्रजस्तो भएको दोरोर्याउँदै म्यादी’ भूमिकामा रहेको सरकारलाई यसरी बजेट ल्यषउने अधिकार नभएको बताए ।
पौडेलले भने,‘यो सरकार आगामी चुनावसम्मको म्यादी सरकार हो । तर, उसले बजेट बनाउँदा आफ्नो म्यादी भूमिका बिर्सिएको छ । चुनावी सरकारले निर्वाचनबाट आउने नयाँ सरकारलाई गह्रौँ भारी बोकाउन पाउँदैन ।’
बजेटले आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत पुग्ने लक्ष्य निर्धारण गरेको भन्दै त्यो देशको आर्थिक अवस्था र सरकारको तयारीका कारण सम्भव नभएको बताए । उनले करिब ५ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर पुग्न नसक्ने दाबी गर्दै सरकारले हचुवा आकलन गरेको तर्क गरे ।
मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको भन्दै अहिले नै त्यो नाघिसकेको र आउँदा दिनमा अझ बढेर जाने जिकिर गरे । उत्पादन लागत बढिरहेको अवस्थामा ७ प्रतिशतमा मुद्रास्फीति कायम राख्न सम्भव नभएको उनको तर्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार