गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १८:१२:१२
१७ जेठ, गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।
त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिएका छन् । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।
जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले रु ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि रु ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले रु ४० करोड ४८ लाख बजेट प्राप्त गरको छ । जिल्लाको गण्डकी गाउँपालिकाले रु ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ ।
जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ । त्यस्तै धार्चे गाउँपालिकाले रु २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले रु ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई रु ४० करोड ३० लाख छुट्याइएको छ । जिल्ला नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल रु तीन अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार