डीआईजी र एआईजीको मुद्दालाई एकै ठाउँमा राख्न सर्वोच्चको आदेश, पोखरेलको सम्भावना न्यून बन्दै
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १८:४८:३३
१७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक बढुवा विवादबारे दायर रिटको सुनुवाइ गर्दै दुबै मुद्दालाई एकै ठाउँ ‘लगाउ’मा राख्न आदेश दिएको छ । यो आदेशसँगै एआईजी विश्वराज पोखरेलको मुद्दा जितेर आईजीपी बन्ने सम्भावना कम भएको छ ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलाशले उक्त आदेश दिएको हो । यो आदेशसँगै अर्को पटक पेशी तोकिएपछि मात्रै संयुक्त मुद्दामाथि सुनुवाई हुनेछ । इजलाशको यो आदेशसँगै एआईजी पोखरेलको आईजीपी हुने सम्भावना टर्दै गएको चर्चा प्रहरी बृतमा हुन थालेको छ ।
रिट निवेदक पोखरेलले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिनुपर्ने माग गरेका छन् । वर्तमान आईजी धीरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ ।
यस्तै, सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए ।
हाल सेवा निवृत्त भइसकेका तीन डीआईजी र एआईजी पोखरेलको मुद्दालाई न्यायाधीशद्वयको इजलाशले ‘लगाउ’मा राख्न आदेश दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार