बजेट वितरणमुखी र कार्यकर्ता रिझाउने भयोः नेता झा
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १९:१:२६
१७ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट वितरणमुखी र आगामी निर्वाचनमा कार्यकर्ता रिझाउने गरी ल्याइएको टिप्पणी गरे ।
‘बजेट वितरणमुखी छ । ६ महिनापछि हुने चुनावमा दुई चार लाख कार्यकर्ता रिझाउने गरी ल्याइएको छ,’ उनले भने । बजेटमा चुरे संरक्षण गर्न कुनै कार्यक्रम नरहेको बताउँदै उनले तराईमा आरसनिकरहित स्वच्छ पानी खुवाउने विषयमा नसमेटिएको बताए ।
तराई क्षेत्रमा सिँचाइ गर्न ठोस कार्यक्रम पनि बजेटमा नरहेको उनको भनाइ छ । शिक्षा र स्वास्थ्यका लागि स्थानीय तहका छुट्याइएको बजेटले भौतिक पूर्वाधारका लागि पर्याप्त नहुने दाबी गर्दै झाले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाने वातावरण बनाउन सक्ने कार्यक्रम पनि नरहेको जिकीर गरे ।
‘जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाँदैनन्,’ उनले भने, करोडौँ खर्र्चेर पढेका चिकित्सक जिल्ला अस्पताल जाने वातावरण बनाउन सकेको छैन ।’ १५ प्रतिशत तलब वृद्धिले महंंगीअनुसार तल्ला कर्मचारीलाई राहत दिन नसक्ने उनको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार