गाउँपालिकाले बालगृह खोल्ने तयारी
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार २३:६:२६
१७ जेठ, बागलुङ । तमानखोला गाउँपालिकाले एमबिबिएस पढ्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नयाँ जनप्रतिनिधि आएपछि सोमबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने उल्लेख गरे । एमबिबिएस अध्ययन पूरा गरेपछि पाँच वर्ष गाउँपालिकाकै स्वास्थ्य संस्थामा सेवा गर्ने गरी वर्षमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको उनको भनाइ छ । त्यसबाट चिकित्सा शिक्षामा गाउँका विद्यार्थीको पहुँच र योग्य स्वास्थ्य जनशक्ति उत्पादनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास छ ।
यस्तै तमानखोलाले अभिभावकविहीन र असहाय बालबालिकालाई लक्ष्य गरी तत्कालै बालगृह सञ्चालनमा ल्याउने भएको छ । त्यस्ता बालबालिकालाई सुरक्षित आवास, पालनपोषणसँगै कक्षा १२ सम्म निःशुल्क पढाउने गरी बालगृह सञ्चालन गर्न लागिएको अध्यक्ष बुढाको भनाइ छ ।
“बुबाआमा गुमाएका र अति गरिब, विपन्न परिवारका बालबालिका जो पढाइबाट वंचित छन्, उनीहरुको पहिचान गरी बालगृहमा राखेर उचित हेरचाह, लालनपालनसहित कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था गाउँपालिकाले मिलाउँछ”, उनले भने ।
यही शैक्षिक सत्रदेखि अभिभावकविहीन बालबालिकाको खोजी र पहिचान गरी बालगृहमा राखिने गाउँपालिकाले जनाएको छ । आफ्नै संरचना नबनुञ्जेल भाडाको भवनबाट बालगृह सञ्चालन गरिने अध्यक्ष बुढाले बताए । युवाहरुलाई उद्यम र आयआर्जनतिर जोड्न गाउँपालिकाले युवालक्षित व्यावसायिक प्रोत्साहन कार्यक्रम पनि संचालन गर्ने भएको छ ।
उद्यम, व्यवसायमा लाग्ने युवाहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपलब्ध गराउन पहल गर्ने र उक्त कर्जाको ऋण गाउँपालिकाले तिरिदिने निर्णय गरिएको हो । युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित गाउँपालिकाले सो योजना अघि सारेको हो । उद्यमको योजना, कर्जाको सीमा र मापदण्डलगायतका विषय कार्यविधि बनाएर तोकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आफ्नो चिनारी झल्काउने पालिका गान पनि तयार गर्ने निर्णय गरेको छ । स्थानीय सर्जक बिमला पुन घर्तीको रचनालाई संगीत र स्वरबद्ध गरी पालिका गानका रुपमा प्रयोगमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको हो । पालिका गानका रचयिता घर्तीलाई रु १५ हजारसहित सम्मानसमेत गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार