कालीगण्डकी डाइभर्सनविरुद्ध फेरि आन्दोलन
नेपालबहस संवाददाता
जेठ १७, २०७९ बुधबार ०:१०:५१
♦ प्रकाश डोटेल
१७ जेठ, स्याङ्जा । कालीगण्डकीको पानी राम्दीबाट डाइभर्सन गरी रुपन्देहीको तिनाउ नदिमा लैजाने योजनाविरुद्ध चापाकोट र रामपुरका जनप्रतिनिधिहरु फेरि आन्दोलनमा लागेका छन् । सरकारले आर्थिक वर्ष २०७९÷०८० को लागि सार्वजनिक गरेको बार्षिक बजेटमा कालीगण्डकी राम्दी–तिनाऊ डाइर्भसनको अध्ययन कार्य अगाडि बढाउने उल्लेख गरेपछि उनीहरु आन्दोलनमा लागेका हुन् ।
आन्दोलन स्वरुप स्याङ्जाको चापाकोटका नगर प्रमुख ईश्वर खाँण र पाल्पाको रामपुरका नगरप्रमुख रमण थापाले परियोजनाको बिरोध गरेका छन् । नगर प्रमुखद्धयको नेतृत्वको टोलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई र उर्जा तथा सिंचाइमन्त्री पम्फा भूषाललाई ध्यानाकर्षण पत्र बुझाउँदै परियोजना अगाडि नबढाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा सभापति देउवालाई कांग्रेस उपसभापति धनराज गुरुङ मार्फत ध्यानाकर्षण–पत्र बुझाइएको हो । ध्यानाकर्षण–पत्र बुझ्दै उपसभापति गुरुङले आफु परियोजनाको विपक्षमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्री तथा सभापति देउवालाई पनि आफुले यसलाई अगाडि नबढाउन आग्रह गरेको जानकारी दिए ।
परियोजनाबाट राम्दीदेखि तल्लो स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर क्षेत्रका लाखौँ बासिन्दालाई अन्याय हुने र विस्थापित हुनुपर्ने अवस्था सृजना हुने उनले बताएका छन् । एकातिर अन्याय गरेर अर्कोतिर हराभर गराउने परियोजना अगाडि बढाउन नहुनेमा गुरुङले जोड दिएका छन् ।
दुबै नगरप्रमुख टोलीको ध्यानाकर्षण–पत्र बुझदै उर्जामन्त्री भूषालले पनि परियोजना अगाडि नबढ्ने कुरामा ढुक्क हुन आश्वस्त पारेकी छन् । उनले आफूपनि परियोजनाका बारेमा पर्याप्त जानकार रहेकाले परियोजनाको आवश्यकता, औचित्य र सान्दर्भिकता नरहेको स्पष्ट पारिन् ।
ध्यानाकर्षण–पत्रमा आयोजना अगाडि बढाउँदा कालीगण्डकीको राम्दी भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दाको दैनिकी देखि सांस्कृतिक, धार्मिक र वातावरणीय लगायत मानव सभ्यता सहित विविध पक्षमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।
क्षेत्रीय विकासको अवधारणा विपरीतको कार्य हुने र विकासका नाममा विनाशको परियोजना भएकोले ध्यानाकर्ष–पत्रमा लागत, उपलब्धी एवं तटीय क्षेत्रका बासिन्दाको भौगोलिक आवश्यकता लगायतका आधारमा अनुपयुक्त परियोजना भएकोले यो परियोजना खारेजीको माग गरिएको छ ।
स्थानीयको आग्रह विपरित परियोजनालाई कार्यान्वयमा लगेमा चरणबद्ध आन्दोलन अगाडि बढाउने बाध्य हुने चेतावनी समेत दिइएको छ । उनीहरुले डाइभर्सनको सट्टा तटीय क्षेत्रका उर्बर भूमि सिंचित गर्ने मेघा परियोजना घोषणा गर्नुपर्ने माग गरेका छन् ।
विगतमा पनि सरकारले परियोजनालाई अगाडि बढाउन खोजेकोमा प्रभावित क्षेत्रका बासिन्दाको विरोधले काम रोकिएको थियो । त्यसैबीच सर्वोच्च अदालतमा परियोजना विरुद्धको मुद्दा विचाराधीन छ । किनारा नलागेको मुद्दामा विचाराधीन परियोजनालाई अगाडि बढाउन खोज्नु आफैमा न्यायिक जनसरोकारको हितविपरीत हुने उनीहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार