सुर्तीजन्य पदार्थका कारण बार्षिक २७ हजार बढीको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १७, २०७९ बुधबार ३:२२:१
![](https://nepalbahas.prixacdn.net/media/albums/surti_iNYcd1S7an.jpg)
१७ जेठ, हेटौंडा । नेपालमा सुर्तीजन्य पदार्थका बार्षिक २७ हजार भन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको जानकारी दिइएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
सुर्तीजन्य पदार्थका कारण विश्वमा बार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क प्रश्तुत गर्दै डा. शम्भु काफ्लेले सन् २०३० सम्ममा ६ मध्ये एकजनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण हुनसक्ने जानकारी गराएका हुन् ।
मानिसलाई लाग्ने मुटुरोगको २८ प्रतिशत कारण धुम्रपान नै भएको उनले बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मनले चाहेमा धुम्रपानको लत छोड्न सकिने बताए ।
पछिल्लो समय धेरै युवाहरुमा धुम्रपानमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक राजेन्द्रकुमार झाले सुर्तीजन्य पदार्थको कारण धेरैले अकालमै ज्यान गुमाइरहेको भन्दै सर्वसाधारणमा सचेतना फैलानु आवश्यक रहेको बताए ।
विश्व धुम्रपानरहित दिवसको अवसरमा मंगलबार बिहान स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा बुद्धचोकबाट प्रभातफेरी कार्यक्रमसहित जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार