मधेश प्रदेशशले २१ जेठमा नीति तथा कार्यक्रम ल्याउने
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १६:३२:३६
१८ जेठ, जनकपुरधाम । मधेश प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारबाट सुरु हुँदै छ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार (२१ जेठ)मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
मधेश प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार २१ जेठमा बस्ने प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । विगतका पुरना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिएका छन् ।
कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ तथा पुर्वधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताए । प्रदेश सरकारले आउँदो प्रदेश र प्रतिनिधिसभालाई लक्षित गरि चुनावमुखी नीति तथा कार्यक्रम ल्याउने लागिएको छ ।
आफ्ना कार्यकालको अन्तिम वर्षमा रहेका प्रदेश सरकारले चुनाव लक्षित गरी अनुदानमुखी कार्यक्रमहरु थपिन लागेको एक नीति तथा योजना आयोगका एक कर्मचारीले बताए ।
उनका अनुसार वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन अनुदान, कृषि क्षेत्रमा रोजगार सिर्जना गर्न लगायतका कार्यको लागि अनुदानमुलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी राख्न प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीहरुले जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार