महोत्तरीमा गौशालाका गाईको बिजोग ,राष्ट्रिय सहकारी विकास बोर्डले किन ग-यो बेवास्ता ?
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १८:१३:३६
♦गोपालप्रसाद बराल ।
१८ जेठ, महोत्तरी । हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।
राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ रु खोरमा थुनिएका छन्”, गाईको अवस्थाबारे गौशाला–४ का अजय कुशवाहाले भने । पछिल्लो एक वर्षभित्र गौशालाका २० भन्दा बढी गाई मरिसकेका छन् ।
अहिले गौशालामा करिब ३०० गाई छन् । गौशालाका गाई हेर्न पुगेका महोत्तरीकै भङ्गाहा नगरपालिका–४ रामनगरका रामईश्वर ठाकुरले भने, “सबैजसो गाईका करङ देखिएका छन् ।” गाईले हरियो घाँस नपाएको महिनौँ भएको छ । गौशाला गाईगोठ पुग्दा गाईको अवस्था देखेर द्रवित नहुने कोही हुँदैनन् ।
गौशालाका कर्मचारी भने गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासिन रहेको बताए ।“अभिभावकत्व लिने राष्ट्रिय सहकारी विकास बोर्डले कुनै वास्ता गर्दैन, के गरी धान्ने रु” निगौल गाई गौशाला कार्यालयका प्रमुख डा दीपेन्द्र पण्डितले भने । गौशाला सञ्चालनका लागि १५० बिघा जग्गा छ । जग्गामा घाँस र अन्य बाली समुचित तवरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको हो ।
“गाईकै खानपान प्रबन्धका लागि जग्गा हो, जग्गामा घाँस र अन्य बाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै छ”, स्थानीय मनोज थापाले भने, “केही दशकयता कर्मचारीको बेखबरपन, सरकारको उदासिनता र स्थानीय तहको बेवास्ताले बिजोग छ ।” निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका २१ कर्मचारी कार्यरत छन् ।
गोठमा १०औँ वर्ष पालिएका गाईले बहर लिएका छैनन् । गाई थारा बस्ने क्रम बढेको छ । “गोठमा थारा गाई त छन्, गाई बहाल (गर्भवती) नहुने समस्या छ”, कार्यालय प्रमुख पण्डितले भने । गौशालामा अहिले १८ दूध दिने गाई छन् । यी गाईबाट दैनिक १२ लिटरमात्र दूध सङ्कलन हुनसकेको छ । गाईलाई पौष्टिक आहार दिन नसकिएकै कारण दूधको मात्रा निकै कम भएको कार्यालय प्रमुख डा पण्डितको स्वीकारोक्ति छ ।
बोर्डले गाईको सम्भार र स्याहारका लागि रकम नपठाउँदा अवस्था चिन्ताजनक बनेको पण्डितको भनाइ छ । “गाईकै खानपानका पौष्टिक आहारको रु २२ लाख ऋृण तिर्न बाँकी छ”, पण्डितले भने, “अब त उधारो पत्याउन छाडे, त्यसैले गाईलाई पौष्टिक आहार खुवाउन सकिएको छैन”, यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने पण्डितको भनाइ छ ।
गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत रकम आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले दिन आनाकानी गर्दै आएको पण्डितले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गरिने
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार