ओली नेतृत्वको सरकारले छोडेका सबै समस्या यो बजेटले मात्रै समाधान हुँदैनन्ः सांसद बस्नेत
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १९:१७:१७
१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले अहिलेको बजेटले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले छाडेर गएका सबै समस्याको समाधान गर्न नसक्ने बताएका छन् ।
उनले आर्थिक क्षेत्र सारा समस्या खडा गरेर त्यसै छोडेर गएका विषयलाई यही सरकारले यही बजेटबाट पुरा गर्नुप्र्ने एमाले चाहना पनि पुरा नहुने बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बस्नेतले अघिल्लो सरकारले तीन वर्षभन्दा बढी अवधिमा अर्थतन्त्रमा समस्या निम्त्याएको बताए । उसले छाडेर गएका सबै समस्या समाधान गर्न सहज नभएको उनको भनाई छ ।
बस्नेतले भने, ‘हाम्रो आर्थिक नीतिले जनतालाई सामाजिक सुरक्षाका हकदार बनाउने मात्रै होइन उनीहरूलाई आर्थिक विकासको प्रक्रिया र संरचनामा सहभागी गराउँदै प्रतिफलको हिस्सेदार बनाउनेतर्फ ध्यान दिनुपर्छ । यसको लागि सार्वजनिक निजी साझेदारी, सहकार्यतर्फ ध्यान दिन आवश्यक छ ।’
अर्थतन्त्रको अवस्था अहिलेको रूपमा ल्याउन यसअघिको सरकार कति जिम्मेवार र अहिलेको सरकारका कति जिम्मेवार भन्ने बहस गर्न आवश्यक नभएको बस्नेतले बताए । उनले बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको नियत के हो भनेर जाने भन्दा परिणाम के हुन्छ भन्नेमा सबै जानुपर्ने बताए ।
आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्र, वर्ग र समुदायमा उत्साह थप्ने गरी सन्तुलन कायम गरेको बस्नेतको भनाइ थियो । बजेटले कृषि क्षेत्रको सुधारलाई अर्थतन्त्रको सुधारको आधार बनाउने प्रयास गरेको भन्दै उनले कृषि क्षेत्र सुधारको एकीकृत प्याकेज बजेटमा प्रस्तुत भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार