निःशुल्क एम्बुलेन्स सेवा
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १९:५६:३
१८ जेठ, चरीकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो । भौगलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरीकोट तथा काठमाडौं जानुपर्ने बाध्यता रही आएको छ ।
यसअघि पालिकाभित्र तथा पालिकाभन्दा बाहिर जिल्लाभित्र र जिल्ला बाहिर बिरामी बोकेर जाने एम्बुलेन्सको लागि पालिकाले निश्चित भाडादर निर्धारण गरेको थियो ।पालिकाभित्रका क वर्गका अपाङग तथा गर्भवतीका लागि स्वास्थ्य संस्थासम्म जानका लागि गाडी भाडाको अभावमा बस्नु्पर्ने बाध्यताको अन्त्य भएको र स्वास्थ्य क्षत्रमा सुधार हुने गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङले बताए ।
त्यस्तै कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र र पालिकाभित्रका अन्य वडालाई लक्षित गरी सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाले प्रत्येक साताको आइतबार र सोमबार भोर्लेबाट पालिकाले दिने सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । यसअघि पालिकाको कार्यालय सुरीबाट मात्रै प्रवाह हुने सेवालाई थानियको समस्यालाई मध्यनजर गर्दै भोर्लेबाट दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार