संसदमा बजेटबारे नीतिगत छलफल, तर रमाइलोतिरै व्यस्त हुन्छन् सांसद
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २१:१८:५२
१८ जेठ, काठमाडौं । जेठ १५ मा अर्थमन्त्री जनार्दन शर्माले सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरेपछि संघीय संसदको दुबै सदनमा मंगलबारदेखि बजेटमाथि नीतिगत छलफल चलिरहेको छ । तर, बजेट जस्तो गम्भीर विषयको छलफलमा सांसदका धेरैजसो कुर्ची खाली छन् ।
मंगलबारको बैठकमा बोल्न नाम टिपाएका सांसदहरुबाहेक अरुको खासै उपस्थिति देखिएन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमै आफ्ना सांसदहरुलाई सरकारले ल्याएको बजेटको डटेर विरोध गर्न निर्देशन दिएका कारण मंगलबारको छलफलमा दुबै पक्षका सांसदको उपस्थिति आज बुधबारकोभन्दा केही बाक्लै देखिन्थ्यो ।
विपक्षले गरेको विरोधको उत्तर दिन पनि सत्तापक्षका सांसदहरु पनि सुरुमा बाक्लै थिए । तर, बिस्तारै बोल्न पालो परेकाबाहेकका सांसद बाहिरिन थाले र अन्त्यमा संसद खाली जस्तै थियो । बुधबारको बैठकमा सांसदको संख्या झन पातलिएको छ भने बोल्ने पालो कुरेर बसिरहेका कतिपय सांसद समेत मस्तनिन्द्रमा भेटिन्छन् ।
सभामुखले अब फलानो माननीयको पालो भनेर रुलिङ गर्दा झस्किएर उठ्ने सांसदको संख्या भएकामध्ये पनि धेरै हुन्छ । अहिले मोबाइलले पनि सांसदहरुलाई बसुन्जेल समय कटाउन सहज छ । बोल्नेले बोलिरहन्छ । कमेन्टका लागि बसेकाहरुले सुन्छन् भने अरु माबाइलमै व्यस्त हुन्छन् ।
संसद बैठकमा छिर्ने वित्तिकै निद्रा लाग्ने र बढीमा आधा घण्टा पनि बस्न नसक्ने रोग प्राय सांसदमा छ । आलोचनका लागि प्रखर मानिएका एमाले अध्यक्ष केपी ओलीको भाषण धेरैले सुन्न रुचाउँछन् । तर, तिनै ओलीले संसदमा ३ घण्टा लामो भाषण गर्दासमेत एमालेकै सांसद भने निदाएका थिए ।
बजेट सार्वजनिक गरेकै दिन ताली नबजेको भन्दै एकजना एमाले सांसदले त आपत्तिनै जनाएका पनि थिए । ओलीको भााषणमा पनि केहीले बाध्यकारी मज्जा लिए भने केहीले दिक्क मानिरहेको पनि देखियो । सरकार पक्षका केही सांसदहरु मोबाइल, कुराकानी र निद्रामै समय विताए ।
केही सांसदहरुलाई त्यहाँ राखिएका सिट सहज भएका छैनन् भने कतिपयले आफ्ना लागि सिटको ब्यवस्था नभएको बहाना बनाएर बाहिरिने गरेका छन् । संसद भवन छिरेपछि सांसदहरुको ध्यान कार्यसूचीमा भन्दा पहिले हाजिरीमा जान्छ । किन भने हाजिर नभइ भत्ता लिन पाइदैन् ।
हाजिरपछि सुरु हुन्छन सांसदहरुका संसद बाहिरका कार्यक्रमका योजना र बाहिरिन्छन् उनीहरु । आखिर देशका जल्दा बल्दा विषय र जनताका काम गर्न आएका यी सांसदहरु दिनभरी जान्छन कहाँ ? । यसबारे खोज्ने कस्ले ? । आफ्ना पार्टीका सांसदलाई निगरानीमा राख्ने भनेको संसदीय दलले हो ।
कुनैपनि संसदभित्र रहेका राजनीतिक दलहरुले संसद अवरुद्ध, होहल्ला र तोडफोडबाहेकका नीतिगत काममा संसदभित्र समयसम्म बसेर काम गर्नुपर्छ भन्ने निर्देशन अहिलसम्म दिएका छैनन् । सभामुखले पनि संसदीय आचारण विपरित काम गरेको रिपोर्ट र हाजिर नभएको रिपोर्ट पाएमात्रै उनीहरुमाथि निगरानी राख्ने सांसदहरुनै बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार