दाङका नागरिक खुसी बजेटमा समेटिए योजना
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २१:४१:३४
१८ जेठ, दाङ । सङ्घीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा दाङका योजनासमेत प्राथमिकतामा परेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आवका लागि संसदमा प्रस्तुत बजेटमा पुरानो टरिगाउँ विमानस्थलको स्तरवृद्धि तथा पहुँचमा विस्तार गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले टरिगाउँ विमानस्थलसहित डढेलधुरा, बागलुङको बलेवा, टीकापुर, चौरजहारी विमानस्थल लगायतकोस्तरवृद्धि तथा उदयपुर विमानस्थलको निर्माणकार्य सुरु गर्न संयुक्तरुपमा १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको जानकारी गराए ।
त्यस्तै राप्ती राजमार्ग अन्तर्गत अमेलिया– तुलसीपुर, सल्यानहुँदै रुकुमको मुसिकोट र शहीद मार्गअन्तर्गत घोराही–रोल्पा थवाङहुँदै मैकोट जोड्ने सडकका लागि रु ३ अर्ब बजेट विनियोजन भएको छ । देउखुरीको प्रगन्ना र बडकापथ सिँचाइ आयोजनाको मूलनहर विस्तार गर्नसमेत बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी नेपाल भारत सिमास्थित दाङको कोइलावासमा भन्सार कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्न पनि बजेटमा प्राथमिकता दिइएको छ । यस्तै वृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरिएको छ ।
रोल्पादेखि दाङ डाइर्भसनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइएको छ । प्यूठान, माडीको पानी दाङमा ल्याई त्यसबाट ३५ मेघावाट जलविद्युत् उत्पादन गर्नका लागि समेत बजेट विनियोजन भएको छ । त्यस्तै बुटवल–लमही ४०० केभि विद्युत् लाइनकार्य सुरु गर्न पनि बजेटमा व्यवस्था गरिएको छ ।
यसैबीच लामो समयदेखि अवरुद्ध भई हाल सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि सरकारले बजेट विनियोजन गरेकोमा यहाँका नागरिक खुसी भएका छन् । उनीहरुले समयमा नै कार्यान्यवनमा लाग्नुपर्ने बताएका छन् । उक्त विमानस्थललाई सरकारले बजेट विनियोजन गरेपछि अब विमानस्थलको स्तरवृद्धि हुनेमा आफू ढुक्क भएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बिमल रिजालले बताए ।
उनले विमानस्थलको स्तरवृद्धि भएसँगै यहाँ निजी क्षेत्रका ठूला विमानले दैनिक उडान भर्न सुरु गरेपछि आम नागरिकको हवाई सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य सङघले उक्त विमानस्थलको स्तरवृद्धि गर्न दबाब दिने उद्देश्यले स्वतःस्फूर्तरुपमा आर्थिक सङ्कलन अभियानसमेत सुरु गरी र दुई लाखबढी रकम सङ्कलन भएको जनाएको छ । हाल सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले हप्तामा दुई दिन उडान भर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार