शेयरबजारमा बजेट राजनीतिको प्रभाव, १७ महिना यताकै कम विन्दुमा झर्यो नेप्से परिसूचक
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २२:५०:५३
१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा देखिएको राजनीतिक उताव चढावको प्रभाव शेयरबजारमा पर्दा लगानीकर्ताहरु मारमा परेका छन् । विगत डेढ वर्षदेखि सामायन्य उतवा चढावकाबीच रहेको शेयरबजारको परिसूचक बुधबार अस्वभाविक रुपमा तल झरेको छ ।
बजेट सार्वजनिक भएपछि घट्दो क्रममा रहेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार एकैचोटी २१ सय ३० अंकमा ओर्लिएको छ । शेयर बजारको कारोवारमा यो अंक १७ महिनायताकै कम हो ।
हिजो मंगलबार ३५ अंक घटेको नेप्से आज बुधबार ७.२१ अंकले घटेको छ । योसँगै मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ७ करोडमा झरेको छ ।
बुधबारको कारोवारमा विकास बैंक २१, जलविद्युत् १६ र फाइनान्स उपसमूह ५ अंक बढे । बैंकिङ ५, होटल तथा पर्यटन ९, जीवन बीमा १५५, उत्पादन ३३, लघुवित्त १३, निर्जीवन बीमा १५७ र ब्यापार उपसमूह ३३ अंकले घटेका छन् ।
धेरैजसो कम्पनीको मूल्य बढे पनि समग्र परिसूचक नेप्से घटेको हो । यसमा उच्च पुँजीकरणका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव देखिएको हो । कुल १०१ कम्पनीको मूल्य बढ्दा ८४ को घट्यो भने १० को स्थिर रह्यो । दुई कम्पनीको मूल्य करिब १० प्रतिशत बढेको छ ।
मैलुङ खोला जलविद्युतको मूल्य १० प्रतिशत बढ्यो । बलेफी हाइड्रोको मूल्य ९.९ प्रतिशत बढ्यो । रकमका आधारमा धेरै कारोबार हुने कम्पनीमा इन्भेष्टमेन्ट बैंक, हिमालयन डिस्टिलरी, शिखर इन्स्योरेन्स, एनआईसी एसिया बैंक, अरुण काबेली रहे । शिखर इन्स्योरेन्सको मूल्य १० प्रतिशत तथा इन्भेष्टमेन्ट बैंकको ७ प्रतिशत घट्यो । यसले लगानी कर्ताहरुलाई थप अन्योल बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार