बजेटले देशको आर्थिक संकट समाधान गर्छ: अर्थमन्त्री
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २३:२०:३४
१८ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले देशमा आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका हुन् ।
‘मैले सुनिरहेको छु, देश संकटमा छ, देश ठूलो संकटमा छ । यो संकटलाई बजेटले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यदी संकटमा छ भने पनि यसको समाधान यही हो । यदी छैन भने पनि यसको समाधान यही हो । योभन्दा अर्काे समाधान छैन ।’
देशको आर्थिक अवस्थालाई विचार गरेर नै बजेट ल्याइएको दाबी गरेका उनले नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर सबैको सुझावलाई समेटेर बजेट ल्याएको बताए ।
जनताको माग र सुझावकै आधारमा बजेट निर्माण गरिएको भन्दै अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि संघीय संसदका सदस्य भूमिका रहने व्यवस्था गरिएको बताए । यसको नेतृत्व सरकारले नै गर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार