एमाले सरकार अधिकारी नेतृत्वमा बनेको हो, ओली नेतृत्वमा बनेको छैन्ः वेदुराम भुसाल
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २३:५५:४६
१८ जेठ, काठमाडौं । नेकपा एकिकृत समाजवादीका महासचिव एवं राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार नबनेको दावी गरेका छन् । उनले २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमात्रै एमालेको भएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै ओली नेतृत्वमा नेकपा एमालेको एकल सरकार अहिलेसम्म नबनेको बताए ।
उनले मनमोहनको नेतृत्वको बाहेक एमालेका गठबन्धनबिनाका कुनै एकल सरकार नरहेको बताउँदै भनने, ‘केही साथीहरूले केपी ओली नेतृत्वको एमाले सरकार भन्नु भो । कहिले थियो इतिहासमा ? केपी ओली पहिलोपटक प्रधानमन्त्री हुनुभएको २०७२ सालको असोज २२ गतेदेखि २०७३ साउन १९ सम्म । त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो ।’
उनले ओली दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री भएको र २०७८ असार २१ गतेसम्म कायम रहेको बताए । उनले भने, ‘पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घामजत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थिया ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार