स्वर्णमय बन्यो गोकर्णेश्वर महादेव मन्दिरको छाना
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बिहिबार ०:५:४०
१८ जेठ, काठमाडौं । दैनिक बालयन्त्रको पूजा आराधना हुने राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेप लगाउने कार्य सम्पन्न गरिएको छ । छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी
आज क्षमा पूजा सुरु गरिएको छ । क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै सांसद कृष्णबहादुर राईले धार्मिक कार्यमा जुट्ने गरेको सहभागितालाई धार्मिक पर्यटन प्रवद्र्धनमा पनि उपयोग गरिनुपर्ने बताए ।
बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले मन्दिर क्षेत्रलाई उत्तरगया धामसम्म आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएकी छिन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले मन्दिर क्षेत्रमा थप विकासका लागि सहयोग निरन्तर जारी रहने बताए । पूर्वप्रमुख सन्तोष
चालिसेले मन्दिरकै नामबाट नगरपालिकाको नामकरण भएकाले रु छ करोड ५० छानामा सुनको लेप लगाउन सहयोग गरिएको बताए । छानामा सुनको लेपसँगै धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक काम गर्ने वडा नं ४ का अध्यक्ष जयराम महतले बताएका छन्
।छाना निर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले छानामा सुनको लेप लगाउन १५ किलो सुनसहित करिब रु १८ करोड खर्च भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार