असार नलाग्दै रोपाइँको चटारो
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १२:४०:५४
१९ जेठ, बागलुङ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवा फाँटलगायतका ठाउँमा मध्यजेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख भानु भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने बताए। “वर्षा पनि भइरहेकाले रोपाइँलाई सहज बनाएको छ”, उनले भने, “असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिइसक्छ ।”
गलकोट नगरपालिका–७ बामियाका सचित्र गुरुङले रोपाइँले किसान बेफुर्सदिला बनेको बताए । उनी आफैँ पनि चार दिनयता लगातार घरकै रोपाइँमा खटिएका छन् । चिसापानीमा गुरुङको १५ मुरी धान फल्ने खेत छ ।
“रोपाइँको चापाचाप छ, गलकोटको मजुवा, आँगाखेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ चलिरहेको छ”, गुरुङले भने, “गलकोटमा धेरैजसो रोपाइँ जेठमै सकिन्छ ।”
त्यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो । त्यहीँमाथि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई थप राहत मिलेको छ ।
नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ ।
केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।
यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क दिन सकिने केन्द्रका प्रमुख भट्टराईले बताए ।
जिल्लाको कूल पाँच हजार ८५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ । “यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, प्रमुख भट्टराईले भने, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।”
परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उनको भनाइ छ । उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार