गगनको अर्थमन्त्रीलाई प्रश्न, ‘बजेट ठूला नेताका निर्वाचन क्षेत्रलाई मात्रै ल्याएको हो ?’
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १८:५२:१३
१९ जेट ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा योजना र रकमको समुचित वितरण गर्न नसकेको बताएका छन् । उनले बजेटमा राम्रा योजना हुँदाहुँदै पनि प्रश्न उठ्ने ठाउँ धेरै राखिएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँद थापाले बजेटले वैदेशिक व्यापार घाटा घटाउन र कृषि प्रवर्द्धन गर्नका लागि राम्रा योजना ल्याएको भए पनि पारदर्शिकता सन्दर्भमा प्रश्न उठ्ने बताए ।
उनले पूर्ववर्ती सरकारले बजेट ल्याउँदा समृद्ध झापा र सुखी झापाली भनेर आएको र यसपटक पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो भन्ने प्रश्नहरु उठिरहेको बताए । बजेटले योजनाहरु ठूला नेताका निर्वाचन क्षेत्रमा खन्याएको र अरु क्षेत्रमा बजेट जानु भनेको भाग्यचिठ्ठा पर्नु जस्तै भएको उनले बताए ।
थापाले सरकारका मन्त्री र दलका शक्तिशालीहरूको निर्वाचन क्षेत्रमा बजेट खन्याएको होइन भनेर कसरी भन्न सक्ने हो ? भनेर पनि प्रश्न गरेका छन् । उनले विद्युतीय सवारीमा लगाइएको करबारे पनि प्रश्न गरेका थिए । त्यो कर लगाउनका लागि ऊर्जा मन्त्रालयले भनेको हो कि अर्थमन्त्री आफैले कर लगाएको हो भनेर प्रश्न गरेका छन् ।
कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने स्पिरिटका साथ बजेट ल्याएको भन्दै उनले अर्थमन्त्रीलाई धन्यवाद दिए । त्यसलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले आजैदेखि काम गर्नुपर्नेमा उनले जोड दिए । ‘ऐन, कार्यविधि बनाउने कुरामा खासगरी कृषि मन्त्रालयको संस्थागत क्षमतासँग जोडिएका केही विषयमा अर्थ मन्त्रालयले समयदेखि नै काम गरेन भने बजेटका कार्यक्रम कागजमा सीमित हुने छ,’ उनले भने ।
प्रदेशको सरकारको बजेट अबको १० दिनमा आउने बताउँदै उनले, प्रदेश सरकारसँग कृषि क्षेत्रमा बजेटमार्फत् गर्न खोजेको कामबारे छलफल गर्न उनले सुझाव दिए । पूर्वमन्त्री थापाले भने, ‘प्रदेश सरकारलाई बोलाएर, छलफल गरेर यो पटकको डिरेक्सन यो छ । तपाईंहरुले बजेट ल्याउँदै गर्दा एग्रिकल्चरमा यसो गर्नुस्, प्रदेशलाई यो गर्दैछौं, स्थानीय सरकारलाई यो गर्दैछौं भनेर भनेको थाहा छैन । हार्मोनाइज कसरी गर्ने ? यो हार्मोनाइज गरिएन भने थुप्रै कुरा स्थानीय सरकार र प्रदेश सरकारले गर्ने भनेको कुरा यहाँ आएर अड्किन्छ ।’
बजेटमा उल्लेखित उत्पादन र उपभोग वृद्धि गर्ने कुरा राम्रो भएको भन्दै थापाले यसमा उद्योग मन्त्रालयले नेतृत्व लिनुपर्ने बताए । ‘उद्योग मन्त्रालयले लिड गर्ने, प्रशस्त ठाउँमा छरिएको छ, त्यो सबै छरिएका कार्यक्रमलाई एक ठाउँमा ल्याउने,’ थापाले भने, ‘चाहे त्यो करमा छुट होस्, चाहे त्यो प्रोत्साहन होस्, चाहे त्यो सहज बनाउने कुरा होस् ।’
बजेटले कृषिमा राम्रा योजना ल्याएको थापाको भनाइ थियो । उनले अब कृषि मन्त्रालयको संस्थागत सुधारमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । कतिपय योजना प्रदेशमा पठाउने भनिएको तर विगतमा प्रदेशमा पठाइएका योजनाको अवस्था कस्तो छ भनेर बुझ्न पनि उनले सरकारलाई सुझाव दिएका छन् ।
बजेटबारे उनको भनाइ थियो, ’उत्पादन वृद्धिका सन्दर्भमा ठीक छ । छरिएका कार्यक्रम एक ठाउँमा ल्याउनुपर्छ । भाटभटेनीजस्ता ठूला मार्टमा कम्तीमा २० प्रतिशत ठाउँ नेपाली उत्पादन राखेको हुनुपर्छ भन्नुपर्छ । व्यापार घाटा घटाउने दिशामा बजेट सही छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार